२०८२, २ चैत्र मंगलबार

युएई सरकारद्वारा १२० नेपाली कैदीलाई आममाफी

युएई सरकारद्वारा १२० नेपाली कैदीलाई आममाफी


काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व अल अधाको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न अपराधका अभियोगमा जेल सजाय भोगिरहेका एक सय बीस (१२०) नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ ।

नेपाली राजदूतावास, अबुधाबीले दिएको जानकारी अनुसार, युएई सरकारको विशेष निर्णयअनुसार ती नेपाली नागरिकहरूलाई बाँकी कैद सजाय माफ गरी रिहा गरिएको हो । आममाफीपछि उनीहरू चाँडै नेपाल फर्किने तयारीमा छन् ।

राजदूतावासले आममाफीको प्रकृया सहज र शीघ्र बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जानकारी दिएको छ । युएई सरकारले हरेक वर्ष धार्मिक तथा राष्ट्रिय पर्वहरूको अवसरमा विभिन्न देशका कैदीहरूलाई आममाफी दिने परम्परा अनुसार यसपटक नेपाली नागरिकहरू समेत समेटिएका हुन् ।

यो आममाफीले युएईमा कार्यरत नेपाली समुदायमा राहत र सकारात्मक सन्देश पुर्‍याएको छ। साथै, यस्तो कदमले नेपाल–युएई सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ ।

परराष्ट्र मन्त्रालयले पनि युएई सरकारप्रति आभार प्रकट गर्दै आममाफी प्राप्त नेपालीहरूलाई पुनः समाजमा समायोजन गर्ने विषयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ३ : ०९ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका