२०८२, २५ चैत्र बिहीबार

शर्मिला वाइबा पोखराबाट पक्राउ, साइबर अपराध मुद्दामा कारबाही प्रक्रिया अघि बढ्दै

शर्मिला वाइबा पोखराबाट पक्राउ, साइबर अपराध मुद्दामा कारबाही प्रक्रिया अघि बढ्दै


पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार वाइबालाई पोखराको लेकसाइड क्षेत्रबाट मंगलबार पक्राउ गरिएको हो ।

प्रहरी स्रोतका अनुसार वाइबामाथि साइबर अपराध सम्बन्धी मुद्दा परेको छ । यो उजुरी उनका सहकर्मी शर्मिला श्रेष्ठबाट दर्ता गराइएको जनाइएको छ । उक्त मुद्दा काठमाडौं जिल्ला प्रहरी परिसरमा दर्ता गरिएको हो । पक्राउपछी वाइबालाई मंगलबार नै काठमाडौं पठाइने जानकारी एसपी ओलियाले दिएका छन् ।

वाइबा यसअघि पनि विवादमा रहिएकी थिइन् । २०८० सालको चैत महिनामा उनी साइबर अपराध र कुटपिटको अभियोगमा पक्राउ परेकी थिइन्। त्यतिबेला उनीमाथि कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा १० हजार र साइबर अपराधसम्बन्धी मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरिएको थियो । कुल ३५ हजार रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएकी थिइन् ।

प्रहरीले हाल उनीमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ। वाइबासँग सम्बन्धित सामाजिक सञ्जालमा देखिएका गतिविधिबारे समेत प्रहरीको साइबर शाखाले अध्ययन गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ९ : ०२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि