२०८२, २६ चैत्र शुक्रबार

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ


मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसहित कुल ८ मन्त्रीहरूले पनि शपथ लिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। गठबन्धनको सहमतिअनुसार बनेको नयाँ सरकारमा नेकपा (एमाले) का ६ र कांग्रेसका २ मन्त्री सहभागी भएका छन्।

एमालेबाट नियुक्त मन्त्रीहरू (६ जना):

१. मधुसुधन पौडेल
पद: कृषि तथा पशुपंछी विकास मन्त्री
ठेगाना: ललितपुर

२. डा. दिनेशचन्द्र देवकोटा
पद: भौतिक पूर्वाधार विकास मन्त्री
ठेगाना: काठमाडौं

३.जयराम थापा
पद: श्रम, रोजगार तथा यातायात मन्त्री
ठेगाना: काठमाडौं

.भरतबहादुर केसी
पद: वन तथा वातावरण मन्त्री
ठेगाना: दोलखा

.किरण थापा मगर
पद: स्वास्थ्य मन्त्री
ठेगाना: भक्तपुर (दोहोरिएर नियुक्त)

६.विन्दु श्रेष्ठ
पद: उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री
ठेगाना: काठमाडौं

कांग्रेसबाट नियुक्त मन्त्रीहरू (२ जना )

१. कृष्णकुमार तामाङ
पद: खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री
ठेगाना:

२. शिवराज अधिकारी
पद: बिना विभागीय मन्त्री
ठेगाना:

प्रदेशका १४ मन्त्रालयहरूमध्ये ७ वटा कांग्रेसको भागमा परेका छन्। हाल कांग्रेसले दुई मन्त्रीमात्रै नियुक्त गरेकाले ५ मन्त्रालय मुख्यमन्त्री बानियाँको प्रत्यक्ष मातहत रहनेछ।

प्रकाशित मिति : २०८२, २० श्रावण मंगलबार  ७ : ३९ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि