२०८२, १७ भाद्र मंगलबार

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ


मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसहित कुल ८ मन्त्रीहरूले पनि शपथ लिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। गठबन्धनको सहमतिअनुसार बनेको नयाँ सरकारमा नेकपा (एमाले) का ६ र कांग्रेसका २ मन्त्री सहभागी भएका छन्।

एमालेबाट नियुक्त मन्त्रीहरू (६ जना):

१. मधुसुधन पौडेल
पद: कृषि तथा पशुपंछी विकास मन्त्री
ठेगाना: ललितपुर

२. डा. दिनेशचन्द्र देवकोटा
पद: भौतिक पूर्वाधार विकास मन्त्री
ठेगाना: काठमाडौं

३.जयराम थापा
पद: श्रम, रोजगार तथा यातायात मन्त्री
ठेगाना: काठमाडौं

.भरतबहादुर केसी
पद: वन तथा वातावरण मन्त्री
ठेगाना: दोलखा

.किरण थापा मगर
पद: स्वास्थ्य मन्त्री
ठेगाना: भक्तपुर (दोहोरिएर नियुक्त)

६.विन्दु श्रेष्ठ
पद: उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री
ठेगाना: काठमाडौं

कांग्रेसबाट नियुक्त मन्त्रीहरू (२ जना )

१. कृष्णकुमार तामाङ
पद: खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री
ठेगाना:

२. शिवराज अधिकारी
पद: बिना विभागीय मन्त्री
ठेगाना:

प्रदेशका १४ मन्त्रालयहरूमध्ये ७ वटा कांग्रेसको भागमा परेका छन्। हाल कांग्रेसले दुई मन्त्रीमात्रै नियुक्त गरेकाले ५ मन्त्रालय मुख्यमन्त्री बानियाँको प्रत्यक्ष मातहत रहनेछ।

प्रकाशित मिति : २०८२, २० श्रावण मंगलबार  ७ : ३९ बजे

साउदीसँगको श्रम सम्झौताबाट नेपाली श्रमिकलाई हुने सम्भावित फाइदाहरू

काठमाडौं । साउदी अरेबियासँग श्रम सम्झौता गर्न नेपालको दीर्घकालीन प्रयास

गोंगबुमा ठुलो परिमाणको अवैध सम्पत्ति फेला : सवा ४ करोड नगद र ९ किलो सुन बरामद

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक निजी निवासमा प्रहरीले विशेष सूचनाका

एमालेले सचिवालय बैठक बोलायो, विधान महाधिवेशनका दस्तावेजमा छलफल हुने

काठमाडौं । नेकपा एमालेले आज अपराह्न ३ बजेका लागि सचिवालय

बेइजिङ पुगे प्रधानमन्त्री ओली, चिनियाँ उपराष्ट्रसित भेट तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग संगठन (SCO)

विद्यार्थीमैत्री शिक्षा ऐनको माग गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीमैत्री शिक्षा ऐन लागू गर्न