२०८२, २७ पुस आईतबार

बागमतीमा एमालेले टुंग्यायो मन्त्रीको सूची, बानियाँ नेतृत्वको सरकारमा पाँच नयाँ अनुहार

बागमतीमा एमालेले टुंग्यायो मन्त्रीको सूची, बानियाँ नेतृत्वको सरकारमा पाँच नयाँ अनुहार


हेटौंडा । बागमती प्रदेशमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा नेकपा एमालेले पठाउने मन्त्रीहरूको सूची टुंगो लगाएको छ। एमालेले आफ्नो भागमा परेका ६ वटा मन्त्रालयका लागि मन्त्रीहरूको नाम चयन गरेको हो, जसमा एकजना दोहोरिएका छन् भने बाँकी पाँचजना नयाँ अनुहारहरू रहेका छन्।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पुनः किरण थापामगरलाई दिइएको छ। उनी यसअघि पनि सोही मन्त्रालयको नेतृत्व गरिरहेका थिए। बाँकी पाँच मन्त्रालयमा नयाँ व्यक्तित्वहरू पठाउने निर्णय एमालेले गरेको हो।

एमालेले चयन गरेका मन्त्रीहरू यसप्रकार छन्:

  • किरण थापामगर (स्वास्थ्य मन्त्री) – पुनः नियुक्ति
  • जयराम थापा (श्रम, रोजगार तथा यातायात मन्त्री) – काठमाडौं
  • भरतबहादुर केसी (वन तथा वातावरण मन्त्री) – दोलखा
  • मधुसुधन पौडेल (कृषि तथा पशुपन्छी विकास मन्त्री) – ललितपुर
  • डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास मन्त्री) – काठमाडौं
  • विन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री) – काठमाडौं

यससँगै बागमती प्रदेशमा बन्न लागेको नयाँ सरकारको संरचना प्रष्ट हुँदै गएको छ। एमालेको यो निर्णयले आगामी दिनमा सरकारको नीति तथा कार्यक्रम कस्तो बन्नेछ भन्ने संकेत पनि गरेको छ। यसअघि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका थिए। नेपाली कांग्रेसको संसदीय दलको नेताबाट हटाइएपछि लामाले पार्टीको दबाबमा पदत्याग गरेका हुन्। त्यसपश्चात कांग्रेसले इन्द्रबहादुर बानियाँलाई दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाउने तयारी गरेको हो।

बानियाँले आजै मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : २०८२, २० श्रावण मंगलबार  ७ : २४ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,