२०८२, २७ पुस आईतबार

गुठी संस्थान र पत्रकार महासंघ मधेश प्रदेशबीच लिज सम्झौता

गुठी संस्थान र पत्रकार महासंघ मधेश प्रदेशबीच लिज सम्झौता

जनकपुरमा अत्याधुनिक पत्रकार भवन निर्माण हुने


काठमाडौं । गुठी संस्थान केन्द्र, काठमाडौं र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच ऐतिहासिक लिज सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार जनकपुरधामस्थित श्रीराम मन्दिर गुठी अन्तर्गतको ०–४–०–० बिगाहा चार कठ्ठा जग्गा पत्रकार महासंघलाई अत्याधुनिक भवन निर्माणका लागि लिजमा उपलब्ध गराएको हो ।

संस्थानका प्रमुख प्रशासक शैलेशराज कुवँर र महासंघका अध्यक्ष श्याम बञ्जाराले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। महासंघले उक्त जग्गामा सञ्चारकर्मीहरूको दीर्घकालीन सशक्तीकरण तथा पूर्वाधार विकासलाई लक्ष्यित गरी अत्याधुनिक सुविधा सम्पन्न पत्रकार भवन निर्माण गर्ने योजना सार्वजनिक गरेको छ। उक्त भवन व्यावसायिक पत्रकारिता, सूचना प्रवाह तथा सामाजिक सेवा केन्द्रका रूपमा प्रयोग गरिनेछ महासंघले जनाएको छ ।

गुठी संस्थानले सार्वजनिक सूचना प्रकाशित गरी आवेदन आह्वान गरेकोमा पत्रकार महासंघको प्रस्ताव प्राविधिक र आर्थिक दुवै दृष्टिले उत्कृष्ट ठहरिएको जनाएको छ। सम्झौताअनुसार महासंघले भवन निर्माणको नक्सा, प्राविधिक प्रतिवेदन, लागत अनुमान तथा कार्यतालिका संस्थानमा पेश गर्नुपर्नेछ। भवन निर्माण कार्य नेपालका प्रचलित कानुन र भवन मापदण्डअनुसार गर्नुपर्ने उल्लेख छ ।

सम्झौतामा भवन पुनः बहालमा दिन सकिने तर हक हस्तान्तरण गर्न नपाइने स्पष्ट प्रावधान समावेश गरिएको छ। साथै, सम्झौतासँग सम्बन्धित सम्पूर्ण कर, दस्तुर तथा कानुनी प्रक्रिया महासंघले नै बेहोर्नेछ । गुठी संस्थानका प्रतिनिधिहरूले यस्तो सहकार्यबाट संस्थानको सम्पत्ति उत्पादनशील बन्ने र समाजलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

महासंघले जनकपुरधामलाई सूचना, सञ्चार र सामाजिक सेवाको केन्द्रबिन्दु बनाउने प्रतिबद्धता व्यक्त गर्दै यो सम्झौतालाई मधेश प्रदेशका श्रमजीवी पत्रकारहरूको सशक्तीकरण तथा पूर्वाधार विकासमा एक महत्वपूर्ण माइलस्टोनका रूपमा व्याख्या गरेको छ।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ६ : ५३ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,