२०८२, २७ पुस आईतबार

सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरे । त्यस्तै उनले कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम संरक्षण र सदुपयोग गरेर क्रिकेटलाई अघि बढाइने पनि बताए । उनले भने, कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम संरक्षण र सदुपयोगमार्फत क्रिकेटलाई अघि बढाइने छ । नेपाललाई सम्पूर्ण खेलमा स्वर्ण पदकको विजेता बनाउने हिसाबले हाम िअगाडि बढ्नुपर्छ ।

अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्न लागेका छौँ। हाम्रो स–साना बालबालिकाहरू हुर्कंदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भएको हुनेछ।’ उनले धनुषाको रंगशाला र झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिरहेकाले अब खेल सिक्नका लागि रंगशालाको कमी नहुने बताए।

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  ५ : ३५ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,