२०८२, २१ माघ बुधबार

सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरे । त्यस्तै उनले कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम संरक्षण र सदुपयोग गरेर क्रिकेटलाई अघि बढाइने पनि बताए । उनले भने, कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम संरक्षण र सदुपयोगमार्फत क्रिकेटलाई अघि बढाइने छ । नेपाललाई सम्पूर्ण खेलमा स्वर्ण पदकको विजेता बनाउने हिसाबले हाम िअगाडि बढ्नुपर्छ ।

अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्न लागेका छौँ। हाम्रो स–साना बालबालिकाहरू हुर्कंदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भएको हुनेछ।’ उनले धनुषाको रंगशाला र झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिरहेकाले अब खेल सिक्नका लागि रंगशालाको कमी नहुने बताए।

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  ५ : ३५ बजे

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी