२०८२, २३ कार्तिक शनिबार

रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा, संरक्षण नगरे बगाउने खतरा

रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा, संरक्षण नगरे बगाउने खतरा


रामेछाप । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति तथा काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गमा पर्ने भटौली खोलाको पक्की पुल कटानको जोखिममा परेको छ ।

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पुल खोलाको बाढीले कटान गर्दा जोखिममा परेको हो। भटौली खोलामा आएको बाढीले पुलको पकरबासपट्टि रहेको पिलरमा सिधै ठोक्किन थालेको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले भने, ‘खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएको छ, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्छ ।’ सो विषयमा खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइसकिएको उनले बताए । वर्षा याम सुरु भएसँगै खोलामा निरन्तर बाढी आइरहेकोले तत्काल संरक्षण नगरेमा पुल पुल बगाउने जोखिम रहेको वडाध्यक्ष पौडेलको भनाइ छ ।

प्रकाशित मिति : २०८२, १० श्रावण शनिबार  १० : ३९ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा