काठमाडौं । धुलिखेल(खावा खण्डको चार किलोमिटर सडक बनाउन नयाँ टेन्डर आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सडक विस्तारको लागि १४ महिनाको अवधि तोकेर ठेक्का खुलाएको हो ।
यसअघि २०८० चैत मसान्तसम्म सक्ने गरी २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवाले २० करोड १९ लाख रुपैयाँको ठेक्का सम्झौता गरी काम सुरू गरिएको थियो । पटक(पटक म्याद थपे पनि सडक निर्माण गर्न ठेकेदारहरूले आनाकानी गरेपछि गएको फागुनमा ठेक्का तोडिएको थियो ।
सरकारले ४२ करोडको स्रोत सुनिश्चततासहित धुलिखेल खावा अरनिको सडकको समय सीमा तोकेर नयाँ सूचना जारी गरेको छ ।
प्रतिक्रिया