२०८२, २६ पुस शनिबार

नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न

नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न


काठमाडौं । नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न भएको छ ।

दुईवटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगा देखि नौबिसे सड्क खण्ड अन्र्तगत १२.२ किलोमिटर र नौबिसे देखि मलेखु खण्ड अन्र्तगत ४३.५ किलोमिटर सहित कुल ५५ किलोमिटर सडक रहेको छ । जसमध्ये हाल सम्म करीब आधा अर्थात २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको नागढुंगा–मुग्लीन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशब प्रसाद ओझाले बताए ।

उनका अनुसार यस खण्डमा पर्ने १५ वटा पुलहरु मध्ये ८ वटा पुलहरुमा गाडी नै चल्न सुरु भइसकेका छन भने यहि मसान्त सम्म बाँकी दुईवटा पुलहरुमा पनि गाडि चल्न सक्ने बनाइने छ ।

बाँकी पाँच वटा पुलहरु आगामी आव सम्म सम्पन्न गर्ने र सडक तर्फपनि आगामी आव सम्म पहिलो चरणमा सबै योजना ५५ किलोमिटर नै सम्पन्न गर्ने लक्ष्य राखीएको उनले बताए । यो सबै गरेर यस आयोजनामा हाल सम्म करीब ४४ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

‘पहिलो प्याकेजको मात्रै कुरा गर्दा ८४ प्रतशित काम सम्पन्न भएको छ । दोस्रो प्याकेजको चाहिँ करीब ४३÷४४ प्रतिशत भौतिक काम सकिएको छ । यस आयोजना अन्तर्गत मुख्यतया डेडिकेटेड डबल लेनको सडक निर्माण हुनेछ । यसका कतिपय खण्डहरुमा छुट्टै क्लाइमिङ लेन भनेर तिन लेनको सडक हुनेछ जसमा उकालो तर्फ जाने सवारीहरु दुई लेनमा र ओरालो तर्फ झर्ने सवारीहरु एक लेनमा सञ्चालन हुनेछन,’ उनले भने ।

बजार क्षेत्रमा भने चार देखि ६ लेन सम्म पनि सड्क विस्तार हुने बताइएको छ । गल्छी बैरेनी क्षेत्रमा भने पानी परेपछि एकदमै खाल्डो हुने हिलो हुने भएकाले गत वर्षको हिउँद देखि युद्धस्तरले काम गरेर धुलो र हिलो मुक्त भएको उनले बताए । यद्यपी, अझैं यसका केहि कामहरु बाँकी रहेपनि दोहोरो गाडी हिँड्न सक्ने दुई किलोमिटर केक्रिट पेमेन्ट बाट नै निर्माण सम्पन्न गरिसकेका छौं र अबको बर्खामा चाहिँ यात्रुहरुले हिलो खेप्नुपर्ने छैनभने हिउँदमा पनि धुलो खेप्नु नपर्ने उनको भनाई छ ।

‘गतवर्षको मनसुनमा यस सड्क खण्डमा भएको सवारी दुर्घटनाले निकै ठुलो क्षती पु¥याएको थियो । झ्याप्ले खोलमा भएको दुर्घटनामा ३५ जनाको ज्यानपनि गएको थियो । उक्त खण्डमा समेत पहिरो रोकथाम गर्नकालागि माइक्रो पायललिङ, होरिजेन्टल सोयल एन्करेज गर्ने जस्ता नयाँ प्रबिधिहरु ल्याएर कामहरु अघि बढाएका छौं । अबको दुई सता जतिमा उक्त क्षेत्रमा हामीले पुर्ननिमाणको काम सम्पन्न गर्ने छौं । यसबाहेक महेश खोलाको कटान र परेवा भिर लगायत स्थनामा पनि पहिरो रोकथामका लागि तिब्र गतिमा काम भइरहेको छ ।’

प्रकाशित मिति : २०८२, ३२ असार बुधबार  १० : १३ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,