२०८२, २३ कार्तिक शनिबार

मुस्ताङमा अचानक बाढी आउँदा ४ वटा पुल र २ वटा स्ल्याब बगायो, २ वटा पुलमा क्षति  

मुस्ताङमा अचानक बाढी आउँदा ४ वटा पुल र २ वटा स्ल्याब बगायो, २ वटा पुलमा क्षति  


काठमाडौं । नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आउँदा मुस्ताङमा ४ वटा पुल बगाउनुका साथै २ वटा पक्की पुलमा क्षति पुगेको छ ।

मंगलबार बेलुका साढे ५बजेको बाढीले मुस्ताङको लोमन्थाङ गाउँपालिका वडा नं ४ स्थित चुम्जुङ खोला (छुआमा खोला समेत भनिने)मा नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आई ३ वटा काठे पुल, १ वटा मोटरेबल फलामे पुल र २ वटा स्ल्याब बगाएको र २ वटा पक्की पुलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको हो ।

वडा नं १ छोसेरस्थित खोला किनारका २ वटा घरका ४ जना व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ भने उक्त खोलाको किनारमा पर्ने धीगाउँ, चराङ, सुर्खाङ, छुसाङका साथै कालीगण्डकी किनारका कागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, खन्तीबजार, कोबाङ लगायतका जोखिमयुक्त बस्तीका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन प्रमुख अधिकारी विष्णु प्रसाद भुसालले आग्रह गरेका छन् । साथै यस जिल्लास्थित सुरक्षा निकायहरु विपद् प्रतिकार्यका लागि परिचालन गरिएको पनि भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२, २५ असार बुधबार  १२ : १० बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा