२०८२, ५ चैत्र शुक्रबार

मुस्ताङमा अचानक बाढी आउँदा ४ वटा पुल र २ वटा स्ल्याब बगायो, २ वटा पुलमा क्षति  

मुस्ताङमा अचानक बाढी आउँदा ४ वटा पुल र २ वटा स्ल्याब बगायो, २ वटा पुलमा क्षति  


काठमाडौं । नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आउँदा मुस्ताङमा ४ वटा पुल बगाउनुका साथै २ वटा पक्की पुलमा क्षति पुगेको छ ।

मंगलबार बेलुका साढे ५बजेको बाढीले मुस्ताङको लोमन्थाङ गाउँपालिका वडा नं ४ स्थित चुम्जुङ खोला (छुआमा खोला समेत भनिने)मा नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आई ३ वटा काठे पुल, १ वटा मोटरेबल फलामे पुल र २ वटा स्ल्याब बगाएको र २ वटा पक्की पुलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको हो ।

वडा नं १ छोसेरस्थित खोला किनारका २ वटा घरका ४ जना व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ भने उक्त खोलाको किनारमा पर्ने धीगाउँ, चराङ, सुर्खाङ, छुसाङका साथै कालीगण्डकी किनारका कागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, खन्तीबजार, कोबाङ लगायतका जोखिमयुक्त बस्तीका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन प्रमुख अधिकारी विष्णु प्रसाद भुसालले आग्रह गरेका छन् । साथै यस जिल्लास्थित सुरक्षा निकायहरु विपद् प्रतिकार्यका लागि परिचालन गरिएको पनि भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२, २५ असार बुधबार  १२ : १० बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३