२०८२, २६ पुस शनिबार

पुल उद्घाटनको लागि प्रधानमन्त्री ओली हुम्ला

पुल उद्घाटनको लागि प्रधानमन्त्री ओली हुम्ला


काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने चुवाखोला बेलिब्रिजको आज उद्घाटन गर्दै छन्।

‎‎आइतबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले सोही चुवाखोला बेलिब्रिजको उद्घाटनको लागि हुम्ला जान लागेको जानकारी गराएका हुन्। उनले पुल उद्घाटनसँगै सडक सञ्जालमा जोडिन बाँकी रहेको देशको एकमात्र जिल्ला हुम्ला सदरमुकाम औपचारिक रूपमा राष्ट्रिय राजमार्गसँग जोडिने पनि बताएका छन् ।

‎‎४१० किलोमिटर लामो यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्दै वैदेशिक व्यापारमा सहयोग पुरÞ्याउने उनको विश्वास छ । उनले लेखेका छन्,‘हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु। किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ। यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ ।

४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ र हाम्रो वैदेशिक व्यापारलाई सहयोग पुग्छ। अनि यसले सडक सञ्जालमा जोडिन बाँकी एकमात्र जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गमा पनि जोड्ने छ।’ प्रधानमन्त्रीले बिहान ११ बजे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

‎‎

प्रकाशित मिति : २०८२, २२ असार आईतबार  १० : २८ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,