२०८२, २७ पुस आईतबार

बागमती प्रदेशसभा बैठक पुनः सारियो, माओवादीको अडानले संसद अवरुद्ध

बागमती प्रदेशसभा बैठक पुनः सारियो, माओवादीको अडानले संसद अवरुद्ध


हेटौंडा । शुक्रबार साँझ बस्न नसकेको बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि पुनः ३ बजेका लागि सारिएको छ। बैठक सारिनुको कारण प्रतिपक्ष दलहरुले बजेटको पुरक प्रस्ताव संसदमा ल्याउनुपर्ने अडान हो।

माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारलाई पुरक प्रस्तावबिनाको बैठक चल्न नसक्ने स्पष्ट पारेका छन्। उनका अनुसार सरकारले ल्याएको बजेट कार्यक्रममा छुटेका विषयहरु समेटेर पुरक प्रस्ताव ल्याउन माग गरिएको हो। शुक्रबारदेखि नै सरकारसँग निरन्तर छलफल भैरहेको उनले बताए।

मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सचिवालयका अनुसार संसदमा दर्ता भएको संकल्प प्रस्तावमा पुरक प्रस्ताव समावेश गर्ने तयारी भइरहेको छ। सोही प्रस्तावलाई संसदले पास गरी सरकारलाई निर्देशन दिने र बाँकी कार्यक्रमहरु कार्यान्वयन गरिने योजना बनाइएको छ।

तर, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले भने प्रतिपक्षको माग अनुसार तुरुन्तै पुरक प्रस्ताव ल्याउने सम्भावना नदेखिएको बताएका छन्। उनले संसद चलाउने विषयमा अझै स्पष्ट निष्कर्ष ननिस्किएको बताएका छन्।

माओवादी केन्द्रको कडा अडान र सरकारसँगको समन्वयको प्रयासबीच बागमती प्रदेशको संसदिय गतिरोध समाधान हुने वा थप जटिल बन्ने भन्ने प्रश्न खुलै छ।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  ३ : ५२ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,