२०८२, २३ कार्तिक शनिबार

वीपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने

वीपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग्याएर चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा रहेका धरानका सर्वदलीय टोलीसंग बुढानिलकण्ठमा छलफल गर्दै वीपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने समेत बताए ।

उनले वीपीको इतिहास, संरचना र यसले निर्माण गरेको विरासतलाई हेर्ने हो भने छाता ऐनमा समाहित गरेर वीपीलाई साँघुरो बनाउन नहुने विचार राखेको टोलीमा सहभागी कांग्रेस धरान सभापति श्याम पोखरेलले बुढानिलकण्ठबाट जानकारी दिए ।सरकारले ‘एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ जारी गर्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विभिन्न ६ वटा स्वास्थ्य प्रतिष्ठानहरुलाई एउटै छाता ऐनमा समेट्नखोजेपछि धरानका राजनीतिक दलहरु त्यसलाई सच्याउन माग गर्दै काठमाडौंमा सरकार र दलका नेताहरुलाई ध्यानाकर्षण गराउँदै आइरहेका छन् । वीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनुपर्ने र छाता ऐनबाट अलग गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस, नेकपा, (एमाले), नेकपा (माओवद्यी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल असार १२ गतेदेखि काठमाडौंमा अभियान चलाईरहेका छन् ।

टोलीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वस्वास्थ्य मन्त्री तथा कांग्रेस महामन्त्री गगन थापालाई भेटेर ध्यानाकर्षण गराइसकेको छ । टोलीले आज सभापति शेरबहादुर उेउवाको निवासमै पुगेर भेट गरेको हो । टोलीमा नेकपा (एमाले) कोशी प्रदेश मौसम राई, नेपाली काग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा (माओवादी केन्द्र) धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बू र धरान उपमहानगर प्रवक्ता तथा १७ नम्बर वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज), सहभागी रहेका छन् ।

टोलीमा एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राई, नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलन सदस्य कुसुम ओली आचार्य, नेपाली काग्रेस धरान सचिव हिमाल श्रेष्ठ तथा कांग्रेसका युवा एवम् यातायात व्यवसायी नेता सरोज सिटौला लगायत सहभागी रहेका छन् ।

प्रकाशित मिति : २०८२, १४ असार शनिबार  १० : ५२ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा