२०८२, २ फाल्गुन शनिबार

काँग्रेसले सानेपामा १३ करोडमा तीन तले घर खरिद गर्ने

काँग्रेसले सानेपामा १३ करोडमा तीन तले घर खरिद गर्ने


काठमाडौं । नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा)जग्गा र त्यसमा निर्मित तीन तले घर खरिद गर्ने निर्णय भएको हो। उक्त जग्गा र घर ललितपुर निवासी अमिर मान अमात्यको स्वामित्वमा रहेको थियो।

जग्गा खरिदका लागि  असार ११ गते नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, एक वर्षभित्र जग्गा पास गर्ने गरी ५० लाख रुपैयाँ बैना प्रदान गरिएको छ।

उक्त जग्गा र घर १३ करोड रुपैयाँमा खरिद गरिएको जनाइएको छ। काँग्रेसले यो रकम पार्टीको विभिन्न तहको लेवी र शुभेच्छुकहरूको सहयोगमार्फत जुटाउने योजना बनाएको छ। विज्ञप्तिमार्फत यो खरिद प्रक्रियामा सबैको अपनत्व हुनेगरी रकम चुक्ता गरिने उल्लेख गरिएको छ। नेपाली काँग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय परिसरलाई थप व्यवस्थित, सुविधा सम्पन्न र कार्यकर्तामैत्री बनाउन यो कदम चालेको बताएको छ। कार्यालय परिसरको विस्तारले पार्टीका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १३ असार शुक्रबार  ६ : ४२ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड