२०८३, ७ कार्तिक शनिबार

‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद

‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद



काठमाडौं ।
‘टेक एण्ड पे–पीपीए’को प्रावधान बजेटबाट हटाएकोमा स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था नेपाल (इप्पान) ले सरकारलाई धन्यावाद दिएको छ ।

इप्पानले विहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारलाई धन्यवाद दिएको हो । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को बजेटमार्फत रनअफ दी रिभर (आरओआर) प्रकृतीका जलविद्युत परियोजनामा टेक एण्ड पे विधिमार्फत विद्युत खरिद सम्झौता गर्ने घोषणा गरेको थियो । पहिल्यै देखि कायम रहेको टेक अर पे पीपीएको मोडललाई हटाएर उर्जा उद्यमीलाई संकट तर्फ लैजान खोजेको भन्दै इप्पानले सरकारको उक्त कद्मको विरोध गर्दै आएको थियो । टेक एण्ड पे को प्रावधान लागु भएको खण्डमा बैंक तथा वित्तिय संस्थाहरुले कुनैपनि जलविद्युत परियोजनामा लगानी नगर्ने भन्दै निर्माणको विभिन्न चरणमा रहेका १७ हजार ११७ मेगावाट क्षमताका जलविद्युत आयोजनाको भविष्य संकटमा परेको इप्पानको भनाई थियो । ति आयोजनाहरुमा निजी क्षेत्रको करीब १ खर्ब ९ अर्ब रुपैयाँ लगानी भइसकेको अवस्था थियो ।

इप्पानले विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरी शान्तिपुर्ण आन्दोलन गर्दै आएको अवस्थामा सरकारले असार ११ मा प्रतिनिधी सभा बैठक मार्फत उक्त निर्णय फिर्ता लिएको थियो ।

प्रकाशित मिति : २०८२, १२ असार बिहीबार  ४ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना