२०८२, ७ माघ बुधबार

ट्रम्पको युद्धविरामु घोषणाबारे इरान भन्छ पहिले इजरेलले आक्रमण रोकोस्

ट्रम्पको युद्धविरामु घोषणाबारे इरान भन्छ पहिले इजरेलले आक्रमण रोकोस्


काठमाडौं । इजरेलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी विपरीत टिप्पणी गरेको छ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले अहिलेसम्म सैन्य कारबाही रोक्ने कुनै सहमति नभइसकेको भनेका छन् – तर यदि इजरेलले इरानमाथिको हमला रोकेको खण्डमा इरानले थप सैन्य कारबाही नगर्ने उनले बताए । उनको यो भनाइ आउनु केही मिनेट अगाडि तेहरानमा शक्तिशाली विस्फोटहरू भएका थिए अनि त्यहाँको आकासमा लडाकू विमानहरू उडिरहेका थिए। अराग्चीले उनको देशले अन्तिम मिनेटसम्म इजरेललाई सजायु दिन जारी राख्ने बताए। तर इजरेलभन्दा कैयन् घण्टा अगाडि नै इरानले आफ्ना तर्फबाट आक्रमण रोक्ने पनि उनले जनाएका थिए। सामाजिक सञ्जालमा राखिएको पोस्टमा ट्रम्पले यो चरणबद्ध युद्धविराम केही घण्टामै लागु हुने भनेका थिए ।

ट्रम्पले दिएका जानकारी अनुसार आरम्भमा इरानले युद्धविराम गर्नेछ। त्यसको १२ घण्टापश्चात् इजरेलले उसका सैन्य कारबाही रोक्नेछ। तर पहिले दुवै देशले तिनले थालिसकेका अन्तिम सैन्य कारबाहीहरू सम्पन्न गर्ने उनले बताएका थिए। अहिले इजरेलले’अभूतपूर्व शक्तिका साथ इरानमा निसानाहरूमा प्रहार गरिरहेको’ त्यहाँका रक्षामन्त्रीले बताएका थिए। इरानले चाहिँ इजरेलको तेल अभिभ सहर नजिकै रहेको रमात गान नगरबाट मानिसहरूलाई अन्यत्र जान चेतावनी दिएको थियो। राष्ट्रपति ट्रम्पका अनुसार ‘२४औँ घण्टा’को अन्त्यपछि यो युद्ध आधिकारिक रूपमै टुङ्गिनेछ।

बिबिसि नेपाली सेवा

प्रकाशित मिति : २०८२, १० असार मंगलबार  ९ : ०० बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित