२०८२, ५ चैत्र शुक्रबार

मधेश प्रदेशका मुख्यमन्त्री सिंहको छड्के : अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री सिंहको छड्के : अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ


जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किएका हुन् ।

ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट (टोल नाका) मा अवैध असुली भइरहेको पाइएपछि सोही स्थानबाट तीन जनालाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ । मुख्यमन्त्री सिंहले यस्ता गतिविधिमाथि प्रदेश सरकारको शून्य सहनशीलता रहने स्पष्ट पनि पारेका छन् । उनले भने, ‘जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो । अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुव्र्यवहार अब सह्य हुँदैन ।’

यस्तै, प्रदेश सरकारले यसअघि पनि सीमा नाका, सडकढाट लगायत स्थानहरूमा हुने अवैध कारोबार र असुली नियन्त्रण गर्न विशेष पहल थालेको थियो । सोमबारको अनुगमनलाई कारबाहीको संकेतको रूपमा लिइएको छ ।

पक्राउ परेकाहरूको नाम र विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन । अनुसन्धानपछि थप जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २०८२, १० असार मंगलबार  ८ : १६ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३