२०८२, ५ चैत्र शुक्रबार

जनप्रतिनिधिहरुले काम नै गरेनन भनेर सुनुयोजित तरिकाले दुस्प्रचार भयो : मन्त्री सिंह

जनप्रतिनिधिहरुले काम नै गरेनन भनेर सुनुयोजित तरिकाले दुस्प्रचार भयो : मन्त्री सिंह


काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरुले काम नै गरेनन भन्ने सुनुयोजित तरिकाले दुस्प्रचार गरिएको बताएका छन ।

सोमबार गोकर्णेश्वर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले गोकर्णेश्वर नगरपालिकाको जस्तो राम्रो कामलाई अगाडि बढाउन सकेको खण्डमा वर्तमान व्यवस्था ठिक छैन भन्ने भ्रम पैदा गर्नेहरुलाई कडा जवाफ हुने बताए । उनले भने, ‘अहिले जनप्रतिनिधिहरुले काम गरेन भन्ने एउटा सुनुयोजित तवरले सिस्टमले काम नै गर्न सक्दैन् भन्ने दुस्प्रचार गरिरहेको छ । मलाई लाग्छ यस्ता राम्रा काम गरेको पालिकाहरुको कामलाई अगाडि बढाएको खण्डमा यो व्यवस्था नै ठिक छैन भनेर आम जनतामा भ्रम पैदा गर्नेहरुलाई कडा जवाफ हुने छ ।’

उनले गोकर्णेश्वरले सेवालाई सुव्यवस्थित गरेको भन्दै सबै पालिकाहरुले आधुनिक उपकरणहरुको सदुपयोग गरेर सेवा दिने काममा गोकर्णेश्वरको देखासिखी गर्नुपर्ने बताए । उनले भने, ‘मलाई लाग्छ अरु नगरपालिका र गाउँपालिकाले पनि यो गोकर्णेश्वर नगरपालिकाले जस्तै सेवालाई सुव्यवस्थित गर्नको लागि, अझ सहज गर्नको लागि आधुनिक उपकरणहरुको सदुपयोग गरेर सेवा दिने काममा यसको देखासिखी गर्यो भने राम्रो हुन्छ ।’

प्रकाशित मिति : २०८२, ९ असार सोमबार  ६ : ५७ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३