२०८२, २४ फाल्गुन सोमबार

उदयपुरमा कांग्रेस–माओवादी रित्तिदै सयौं एमालेमा प्रवेश

उदयपुरमा कांग्रेस–माओवादी रित्तिदै सयौं एमालेमा प्रवेश


उदयपुर । मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेले मात्रै गर्न सक्ने भएको भन्दै उदयपुरमा पछिल्लो समय एमाले प्रवेशको लहर चलेको छ ।
पछिल्लो समय उदयपुरमा झन्डै एक हजार भन्दा धेरै संख्यामा कांग्रेस, माओवादी केन्द्र, रास्वपा लगायतका पार्टीबाट एमाले प्रवेश गरेका छन् । आइतबार जिल्लाको चौदण्डीगढी नगरपालिका ४ अमलचौरीमा स्थानीय ३६ जना नेता कार्यकर्ताले कांग्रेस र माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका हुन । उनीहरुले देशमा देशमा समृद्धि ल्याउने हो भने देश एमालेमय हुनुपर्ने धारणा राख्दै एमाले प्रवेश गरेको समेत बताएका छन् । नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेकी जेनिशा राईले बिकास र समृद्धिको यात्रामा हातमा हात मिलाउन र गाउँ, शहरको बिकास गर्दै देशलाई समृद्ध बनाउने एमालेको अभियानमा आफुलाई जोडेको बताउनु भयो ।

उता माओवादी केन्द्र परित्याग गर्दै पदमबहादुर परियारले माओवादी केन्द्रको वर्तमान नीति र सिद्धान्तको कारणले देश अस्थिरता तर्फ गएको र कम्युनिष्टहरुको केन्द्र नेकपा एमाले रहेकोले आफूले एमाले रोजेको बताउनु भयो ।
उहाँहरुलाई नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य कान्ता राई, एमाले उदयपुरका उपाध्यक्ष समेत रहेका चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नु भएको थियो । नवप्रवेशीलाइ पार्टीमा स्वागत गर्दै मेयर लामाले आफु निर्वाचित भएर आएदेखि चौदण्डीगढी नगरपालिकाले जन अपेक्षित काम गरेको भन्दै आफुले जनता संग गरेका वाचा अनुसार काम गरेकोले पछिल्लो समय एमाले प्रवेशको लहर चलेको दावी गर्नु भयो । मेयर लामाले अघिल्लो सरकारले ५ बर्षमा गरेको काम आफु नेतृत्वको टिमले अढाई बर्षमै पुरा गरेको दावी गर्नु भयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै एमाले कोशी प्रदेश सचिवालय सदस्य कान्ता राईले नवप्रवेशीको भावनालाई सम्बोधन हुनेगरी स्थानीय सरकार र पार्टी नेतृत्वले काम गर्ने बताउनु भयो । उहाँले देशमा जनताको भावना र स्थानीयको आवश्यकता अनुसार काम गर्ने पार्टी एमाले भएकोले पनि पछिल्लो समय पार्टीमा प्रवेशको लहर बढेको बताउदै यसलाई मध्यनजर गरेर सबै तहका नेताले काम गर्नु पर्नेमा समेत जोड दिनु भयो ।
आइतबार चौदण्डीगढी ४ अमलचौरीमा नेपाली कांग्रेस परित्याग गरि ३२ जना, माओवादी केन्द्र परित्याग गरि ३ जना र एक जना स्वतन्त्र व्यक्ति एमाले प्रवेश गरेको एमाले चौदण्डीगढीले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  ४ : ३४ बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने