२०८२, २ फाल्गुन शनिबार

एमालेले नन्द किशोर पुनलाई राष्ट्रपति बनाउन खोज्दा माओवादी अध्यक्ष प्रचण्डले नमानेको खुलासा

एमालेले नन्द किशोर पुनलाई राष्ट्रपति बनाउन खोज्दा माओवादी अध्यक्ष प्रचण्डले नमानेको खुलासा

अगाडि जे आयो त्यही छोड्दै नछोड्ने प्रवृत्ति एमालेको मुख्य चुनौती:एमाले उपमहासचिव ज्ञवाली


सिन्धुली: नेकपा एमालेका उपमहाचिव प्रदीप ज्ञवालीले हामीलाई लड़ाई र झगडा होइन, विकास र समृद्धि चाहिएको बताउनु भएको छ ।

नेकपा एमाले सिन्धुलीको आठौ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को दोश्रो बैठकलाई प्रमुख अतिथिका रुपमा संबोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले नेपालको अर्थतन्त्र लयमा फर्किएको र दुई छिमेकी देश चीन र भारत संग लड़ाई झगडा गरेर होइन, आपसी सहकार्य गरेर विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गराउन जरुरी भएको बताउनु भयो ।

कुनै पनि नामको हिंसा अस्विकार्य भएको बताउँदै हामीले चीनसँग विआरआई सम्झौता गरेको र भारतले पनि त्यस्तै लिएर आए हामीले स्वीकार्ने बताउनुभयो । हामी विश्व अर्थतन्त्रको नेतृत्व गरेको चीन र चौथो बन्दै गरेको भारत संग झगडा होइन, सहकार्य गरेर अगाडि बढ्न जरुरी भएको बताउँदै नेता ज्ञवालीले दुई ठूला देशबाट फाइदा लिन सक्नु पर्ने बताउनुभयो । सरकारले बढ्दै गएको चरम निराशा लाई चिर्दै गएको बताउँदै उहाँले नेपालको राजनीतिलाई प्रचण्डले लंगुर बुर्जा बनाएको उल्लेख गर्नुभयो । माओवादी प्रवृत्तिले नेपालको विकास र समृद्धि मात्रै होइन, कम्युनिस्ट आन्दोलन पनि अगाडि बढ्न नसक्ने प्रस्ट पार्नु भयो । नेकपा एमालेले मात्रै राष्ट्रिय राजनीतिलाई देश हितको बाटोमा दोहोर्याएको बताउँदै उपमहासचिव ज्ञवालीले एमालेले नन्द किशोर पुनलाई राष्ट्रपति बनाउन भन्दा माओवादी अध्यक्ष प्रचण्डले नमानेको खुलासा गर्नुभयो । ३२ सीट जितेको माओवादी देश हित भन्दा विदेशी हितका लागि काम गरिरहेको बताउनुभयो । पार्टीबाट अवसर पाएकहरूबाट सबै भन्दा बढी समस्या भएको बताउँदै उहाँले अगाडि जे आयो त्यही छोड्दै नछोड्ने प्रवृत्ति एमालेको मुख्य चुनौती बनेको बताउनुभयो ।

एजेण्डाका आधारमा नभई अवसरले गाजेकाहरुले आफ्नै घरमा आगो लगाउन खोजिरहेको उल्लेख गर्दै उहाँले सिन्धुलीको नेतृत्वका बीचमा समझदारी हुँदा कुनै पार्टी र व्यक्तिले च्याउनै नपाउने बताउनुभयो । सबैजना मिलेर जाँदा सबै कुरा प्राप्त हुने प्रष्ट पार्दै ज्ञवालीले पार्टी कमिटी पार्टी सदस्यसँग जिम्मेवार बन्नै पर्ने बताउँदै प्रतिनिधि परिषद् सदस्यले जिल्ला नेतृत्वलाई दिशा नीर्देश गर्न सुझाव दिनुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै नेकपा एमाले सिन्धुलीका इन्चार्ज मनोज जंग थापाले एमाले माथि चौतर्फी आक्रमण भए पनि उनीहरू सफल नहुने बताउँदै २ हजार पार्टी सदस्य बढाउने पालिका कमिटीका नेताहरू लाई धन्यवाद दिनुभयो । एमाले सिन्धुलीमा अहिले आकर्षणको केन्द्र बनिरहेको बताउँदै नेता थापाले विधि, पद्धति र लेनिनबादी संगठन पद्धतिबाट नेकपा एमाले चलिरहेको बताउनुभयो । बैठकमा राजनैतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो प्रतिवेदन ऊपर समूह विभाजन गराएर छलफल भएको र महत्त्व पूर्ण सुझाब प्राप्त भएको प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२, ७ असार शनिबार  ९ : ५५ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड