२०८२, ६ चैत्र शनिबार

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

बाग्मती प्रदेशले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याउने तयारी


काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्राबधान छ । सोहि अनुरुप आज सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट सँगै आर्थिक विधेयक र विनियोजन विधेयक पनि पेस गर्ने कार्यसूची रहेको छ । कोशी सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने तयारी गरेको छ । कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । मधेशमा गत वर्ष ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट आएको थियो । बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेश सरकारले गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो । पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेशले बजेट ल्याउँदै छ । बजेट प्रस्तुत गर्नकालागि लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको छ । लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर यस वर्ष ३२ अर्बको सिलिङ तोकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।

कर्णाली प्रदेश सरकारले आगामी आवका लागि पनि चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ । आगामी बर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी भएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बताएका छन् ।

प्रकाशित मिति : २०८२, १ असार आईतबार  ११ : ०१ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३