२०८२, ६ माघ मंगलबार

अनेरास्वबियुमा डा. सुजन कडरिया ७ मतले बिजयी, यी हुन निर्वाचित पदाधिकारीका टीम

अनेरास्वबियुमा डा. सुजन कडरिया ७ मतले बिजयी, यी हुन निर्वाचित पदाधिकारीका टीम


काठमाडौं । अनेरास्वबियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित हुनुभएको छ । २४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा भर्खरै सम्पन्न मतगणना परिणामअनुसार रामेछापका डा। कडरिया प्रतिस्पर्धी म्याग्दीका प्रकाश पौडेललाई थोरै मतान्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बिहीवार भएको निर्वाचनमा कुल १४ सय ५७ मत खसेको थियो । जसमा कडरियाले ७३२ मत प्राप्त गरी बिजयी बन्नुभएको हो । पौडेलले ७२५ मत पाउनु भएको छ । यस्तै उपाध्यक्षमा अञ्जना शिवाकोटी र बिकाश श्रेष्ठ बिजयी हुनुभएको छ । यस्तै महासचिवमा दिपक धामी बिजयी हुनुभएको छ ।

निर्वाचनमा उपमहासचिवमा कमल जोशी तथा सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र समीमबाबु खान बिजयी हुनुभएको छ । यस्तै आयोगको अध्यक्षहरुमा यसैगरी प्रकाश बिष्ट, अञ्जली लम्साल, सुमन घिमिरे र जीतप्रकाश सिटौला निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : २०८२, ३० जेष्ठ शुक्रबार  ८ : ४८ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित