२०८२, १८ मंसिर बिहीबार

अखिलको अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी दर्ता, आज मतदान हुने

अखिलको अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी दर्ता, आज मतदान हुने


काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज बुधबार मतदान हुँदैछ। मंगलबार राति उम्मेदवारी दर्ता भएको थियो।

निर्वाचन कमिटीले अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकेको भए पनि उम्मेदवारी दर्ता गराउनको सङ्ख्या धेरै भएकोले राति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो

अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षका लागि डा। सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी परेको छ । कडरिया र पौडेले दुवै जना अहिलेको कमिटीका सचिव हुन्।

पार्टी नेतृत्वले कडरियालाई अध्यक्ष तथा प्रकाश पौडेल र अञ्जना सिवाकोटीलाई उपाध्यक्ष, दीपक धामीलाई महासचिव र महासचिव आरती भट्टलाई उपमहासचिव सर्वसम्मत बनाउने गरी प्रस्ताव गरिएको थियो । तर पौडेल उपाध्यक्ष बन्न असहमत भएपछि अध्यक्षमा चुनाव हुन लागेको हो।

अध्यक्षमा दुई जनाको मनोनयन दर्ता भएको छ भने अन्य सबै पदाधिकारीमा पनि निर्वाचन हुने भएको छ ।
मंगलबार राति अबेरसम्म मनोनयन दर्ता भएकोले बुधबार बिहान मात्र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको छ। त्यस पछि मतदान प्रक्रिया सुरु हुने छ।

विद्युतीय मेसिनबाट मतदान हुने भयकोले मेसिनमा नाम सेट गर्न समय लाग्ने प्राविधिक टिमले जनाएको छ । नाम सेट गर्नको लागि चार/पाँच घण्टा समय लाग्ने बताइएको छ।

राति अबेरै भए पनि बुधबार नै मतदानको काम सक्ने योजना रहेको अध्यक्ष मण्डलका सदस्य एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ‘मतदान गर्न राति भए पनि मेसिनमा हुने भएकोले तत्कालै परिणाम आउँछ, त्यसैले बुधबार नै सबै प्रक्रिया सक्ने योजना बनेको छ’, ढुङ्गेलले भन्नुभयो

प्रकाशित मिति : २०८२, २८ जेष्ठ बुधबार  ११ : ४१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको