२०८२, १९ मंसिर शुक्रबार

वातावरण संरक्षण र जलवायु न्यायको सवालमा विश्वव्यापी खबरदारी आवश्यक प्रचण्ड

वातावरण संरक्षण र जलवायु न्यायको सवालमा विश्वव्यापी खबरदारी आवश्यक प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा प्लास्टिकजन्य प्रदूषणको असर झन् गम्भीर र बहुआयामिक रुपमा देखिएको बताएका छन् ।

बिहीबार विश्व वातावरण दिवस–२०८२ को अवसरमा शुभकामना दिँदै उनले सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहोर व्यवस्थापन एक जटिल चुनौतीका रूपमा उभिएको बताए ।

उनले भने, नेपालजस्तो जैविक विविधताले भरिपूर्ण, कृषि प्रधान तथा तराई, पहाड र हिमालको भौगोलिक स्वरूप भएको संवेदनशील भू–भागमा प्लास्टिकजन्य प्रदूषणको असर झन् गम्भीर र बहुआयामिक देखिएको छ । सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहोर व्यवस्थापन एक जटिल चुनौतीका रूपमा उभिएको छ । प्लास्टिक प्रदूषण आजको प्रतिस्पर्धी पूँजीवादी प्रवृत्तिको प्रत्यक्ष परिणाम हो, जसले वातावरणीय सन्तुलनमा मात्र होइन, जनस्वास्थ्य, खाद्य सुरक्षा, जलस्रोत र जैविक प्रणालीहरूमा समेत दीर्घकालीन असर पु¥याइरहेको छ । त्यसैले यस विषयमा सबै गम्भीर बन्न जरुरी रहेको छ ।’

अध्यक्ष प्रचण्डले आजको आवश्यकता भनेको वातावरण संरक्षण र जलवायु न्यायको सवालमा राष्ट्रिय मात्र नभई विश्वव्यापी रूपमा खबरदारी र सक्रियता जनाउनु रहेको धारणा राखे । आज निर्णायक कदम चाल्न नसके भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्ने उनको भनाई छ ।

उनले भने,‘आजको आवश्यकता भनेको वातावरण संरक्षण र जलवायु न्यायको सवालमा राष्ट्रिय मात्र नभई विश्वव्यापी रूपमा खबरदारी र सक्रियता जनाउनु हो। हामीले आज निर्णायक कदम चाल्न सकेनौँ भने भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्नेछ ।’ प्लास्टिक प्रयोग कम गर्न, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिन, साथै वातावरणमैत्री जीवनशैली विकास गर्न तथा वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैमा प्रचण्डले सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २०८२, २२ जेष्ठ बिहीबार  २ : २४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको