२०८३, ८ भाद्र मंगलबार

‘वातावरण सम्बन्धी नीतिहरु कार्यान्वयनमा नआउँदा जोखिम बढिरहेको छ’

‘वातावरण सम्बन्धी नीतिहरु कार्यान्वयनमा नआउँदा जोखिम बढिरहेको छ’

पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री छैनन्


हाम्रो प्राथमिकता भनेको पूर्वाधारहरुको एकोहोरो विकासमा मात्र छ । वातावरणको पक्षलाई जोड्न सकिएको छैन् । पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री भएर अगाडि लैजान सकिरहेका छैनौं । भएका योजनालाई कार्यान्वयन गर्न सकेका छैनौ । हरित पक्षलाई विकासमा जोड्न सकेको छैनौं ।

नवराज पोखरेल, वातावरणविद्

निषा बस्नेत (नेपाल न्यूज बैंक)

काठमाडौं । वातावरणविद् नवराज पोखरेलले प्राकृतिक स्रोतलाई व्यवस्थापन गर्न नसकेर पनि पछिल्लो समय वातावरण प्रदूषण बढ्दै गएको बताएका छन् । उनले प्राकृतिक स्रोतलाई उपयोग गर्न नसक्दा र मानवीय क्रियाकलापका कारण वायु, जल, माटो प्रदूषण हुँदै गएको बताएका हुन् । ‘हाम्रो देशको स्रोतहरु राम्रोसँग व्यवस्थापन र परिचालन गर्न सकेका छैनौ । प्राकृतिक स्रोतलाई उपयोग गर्न नसक्ने एकातिर छ भने अर्को कुरा मानवीय क्रियाकलापका कारण हाम्रा वातावरणीय अवयवहरु छन् । ती परिवर्तन भएर गएका छन् र त्यसले प्रदूषित हुदैँ गएका छन्,’ उनले भने ।

पोखरेलले जलवायु परिवर्तनले तुलनात्मकरुपमा नेपाल बढि प्रभावित रहेको भन्दै यसको प्रभाव प्रत्यक्षरुपमा भोगिरहेको बताए । उनले मनसुनको समयमा नेपाल संवेदनशील अवस्थामा रहेको भन्दै मनसुनको समयमा विना योजना विकासका पूर्वधारका काम भइरहेको बताए ।

‘भौगर्भिक रुपमा हामी संवेदनशील अवस्थामा छौ । त्यो सँगै हाम्रा विकासका पूर्वधारहरु बन्दैछन् र ति पूर्वधारहरु विना योजना बन्दैछन् । प्रर्याप्त सुरक्षाका प्रावधान नबनाई विकासका काम गरिएका छौ । नौ महिनासम्म गरेका कामको यो तीन महिनाको समयमा नकरात्मक प्रभावहरु देखिन थाल्छन् । त्यसले स्वास्थ्यमा प्रभाव पार्छ र भौगर्भिक रुपमा पनि बाढी वा पहिरोलगायतले विपद्लाई निम्ताउने गर्छ ।’

इन्टरनेशनल एसोसिएसन अफ इम्प्याक्ट एसिस्मेन्ट(आईएआईएआई)को नेपाल च्याप्टरका सेक्रेटरी समेत रहेका उनले पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री हुन नसकेको र बनेका योजना कार्यान्वयन हुन नसकेको प्रष्ट पारे । ‘हाम्रो प्राथमिकता विकासे पूर्वाधारहरुको एकोहोरो विकासमा मात्र छ । त्यसमा वातावरणको पक्षलाई जोड्न गाह्रो परेको छ । पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री भएर लैजान सकेका छैनौ । योजनालाई कार्यान्वयन गर्न सकेका छैनौ । हरित पक्षलाई विकासमा जोड्न सकेको छैनौं,’ उनले थप भने । 

पोखरेलले वातावरणमैत्री पूर्वाधार विकास निर्माणका लागि प्रर्याप्त नीति नभएको बताए । उनले भने, ‘वातावरणमैत्री पूर्वाधार विकास गर्न केही खाकाहरु तयार गरेको छ, तर ती केन्द्रीकृत भएका विकासका नीतिहरुले स्थानीय स्तरमा भइरहेको कामलाई समेट्न सकेको छैन् । सबैभन्दा ठूलो ग्याप भनेको एउटा प्रर्याप्त नीति बनाइसकेका छैनौं । स्थानीयलाई कसरी जिम्मेवारी प्रदान गर्ने, कसरी बजेट दिने र त्यसलाई कसरी कार्यान्वयन गर्ने जस्ता प्राविधिक पक्षहरु स्पष्ट हुने नीति आएका छैनन् । र जति पनि नीतिहरु छन्, ती नीतिहरुलाई पनि कार्यान्वयन गर्न सकिरहेका छैनौ । पहिला भएका नीति नियमहरु कार्यान्वयन गर्न सक्यौ भने ५० प्रतिशत वातावरणका समस्याहरु समाधान हुन्छन् । बाँकी ५० प्रतिशत कुराहरुलाई  नीति निर्माणको तहबाट सुरु गरेर लानुपर्छ । स्थानीय क्रियाकलाप, कार्यक्रमहरुलाई वातावरणमैत्री बनाउनको लागि नीति प्रर्याप्त छैन् ।’

उनले वर्षायाममा पानीको प्रदूषणका कारण जनजीवन प्रभावित हुने भन्दै विपद् प्रतिकार्य योजनाहरु बनाउनुपर्ने बताए । ‘वर्षायाममा के हुन्छ भने पानीको प्रदूषणको कुरा प्रदूषणको रुपमा रहन्छ । पानीमा हुने किटाणुले गर्दा पनि रोगहरु लाग्ने हुन्छ । अर्को विपद्बाट प्रभावित जनसंख्या स्वस्थ्य रहन सक्दैन् । स्वच्छतासँग सम्बन्धित प्रदूषणहरु पनि धेरै हुन्छन् ।  मनसुनको बेला विपद् प्रतिकार्य योजनाहरु बनाउनुपर्ने हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८२, २२ जेष्ठ बिहीबार  १ : ५६ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र