२०८२, १४ श्रावण बुधबार

‘वातावरण सम्बन्धी नीतिहरु कार्यान्वयनमा नआउँदा जोखिम बढिरहेको छ’

‘वातावरण सम्बन्धी नीतिहरु कार्यान्वयनमा नआउँदा जोखिम बढिरहेको छ’

पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री छैनन्


हाम्रो प्राथमिकता भनेको पूर्वाधारहरुको एकोहोरो विकासमा मात्र छ । वातावरणको पक्षलाई जोड्न सकिएको छैन् । पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री भएर अगाडि लैजान सकिरहेका छैनौं । भएका योजनालाई कार्यान्वयन गर्न सकेका छैनौ । हरित पक्षलाई विकासमा जोड्न सकेको छैनौं ।

नवराज पोखरेल, वातावरणविद्

निषा बस्नेत (नेपाल न्यूज बैंक)

काठमाडौं । वातावरणविद् नवराज पोखरेलले प्राकृतिक स्रोतलाई व्यवस्थापन गर्न नसकेर पनि पछिल्लो समय वातावरण प्रदूषण बढ्दै गएको बताएका छन् । उनले प्राकृतिक स्रोतलाई उपयोग गर्न नसक्दा र मानवीय क्रियाकलापका कारण वायु, जल, माटो प्रदूषण हुँदै गएको बताएका हुन् । ‘हाम्रो देशको स्रोतहरु राम्रोसँग व्यवस्थापन र परिचालन गर्न सकेका छैनौ । प्राकृतिक स्रोतलाई उपयोग गर्न नसक्ने एकातिर छ भने अर्को कुरा मानवीय क्रियाकलापका कारण हाम्रा वातावरणीय अवयवहरु छन् । ती परिवर्तन भएर गएका छन् र त्यसले प्रदूषित हुदैँ गएका छन्,’ उनले भने ।

पोखरेलले जलवायु परिवर्तनले तुलनात्मकरुपमा नेपाल बढि प्रभावित रहेको भन्दै यसको प्रभाव प्रत्यक्षरुपमा भोगिरहेको बताए । उनले मनसुनको समयमा नेपाल संवेदनशील अवस्थामा रहेको भन्दै मनसुनको समयमा विना योजना विकासका पूर्वधारका काम भइरहेको बताए ।

‘भौगर्भिक रुपमा हामी संवेदनशील अवस्थामा छौ । त्यो सँगै हाम्रा विकासका पूर्वधारहरु बन्दैछन् र ति पूर्वधारहरु विना योजना बन्दैछन् । प्रर्याप्त सुरक्षाका प्रावधान नबनाई विकासका काम गरिएका छौ । नौ महिनासम्म गरेका कामको यो तीन महिनाको समयमा नकरात्मक प्रभावहरु देखिन थाल्छन् । त्यसले स्वास्थ्यमा प्रभाव पार्छ र भौगर्भिक रुपमा पनि बाढी वा पहिरोलगायतले विपद्लाई निम्ताउने गर्छ ।’

इन्टरनेशनल एसोसिएसन अफ इम्प्याक्ट एसिस्मेन्ट(आईएआईएआई)को नेपाल च्याप्टरका सेक्रेटरी समेत रहेका उनले पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री हुन नसकेको र बनेका योजना कार्यान्वयन हुन नसकेको प्रष्ट पारे । ‘हाम्रो प्राथमिकता विकासे पूर्वाधारहरुको एकोहोरो विकासमा मात्र छ । त्यसमा वातावरणको पक्षलाई जोड्न गाह्रो परेको छ । पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री भएर लैजान सकेका छैनौ । योजनालाई कार्यान्वयन गर्न सकेका छैनौ । हरित पक्षलाई विकासमा जोड्न सकेको छैनौं,’ उनले थप भने । 

पोखरेलले वातावरणमैत्री पूर्वाधार विकास निर्माणका लागि प्रर्याप्त नीति नभएको बताए । उनले भने, ‘वातावरणमैत्री पूर्वाधार विकास गर्न केही खाकाहरु तयार गरेको छ, तर ती केन्द्रीकृत भएका विकासका नीतिहरुले स्थानीय स्तरमा भइरहेको कामलाई समेट्न सकेको छैन् । सबैभन्दा ठूलो ग्याप भनेको एउटा प्रर्याप्त नीति बनाइसकेका छैनौं । स्थानीयलाई कसरी जिम्मेवारी प्रदान गर्ने, कसरी बजेट दिने र त्यसलाई कसरी कार्यान्वयन गर्ने जस्ता प्राविधिक पक्षहरु स्पष्ट हुने नीति आएका छैनन् । र जति पनि नीतिहरु छन्, ती नीतिहरुलाई पनि कार्यान्वयन गर्न सकिरहेका छैनौ । पहिला भएका नीति नियमहरु कार्यान्वयन गर्न सक्यौ भने ५० प्रतिशत वातावरणका समस्याहरु समाधान हुन्छन् । बाँकी ५० प्रतिशत कुराहरुलाई  नीति निर्माणको तहबाट सुरु गरेर लानुपर्छ । स्थानीय क्रियाकलाप, कार्यक्रमहरुलाई वातावरणमैत्री बनाउनको लागि नीति प्रर्याप्त छैन् ।’

उनले वर्षायाममा पानीको प्रदूषणका कारण जनजीवन प्रभावित हुने भन्दै विपद् प्रतिकार्य योजनाहरु बनाउनुपर्ने बताए । ‘वर्षायाममा के हुन्छ भने पानीको प्रदूषणको कुरा प्रदूषणको रुपमा रहन्छ । पानीमा हुने किटाणुले गर्दा पनि रोगहरु लाग्ने हुन्छ । अर्को विपद्बाट प्रभावित जनसंख्या स्वस्थ्य रहन सक्दैन् । स्वच्छतासँग सम्बन्धित प्रदूषणहरु पनि धेरै हुन्छन् ।  मनसुनको बेला विपद् प्रतिकार्य योजनाहरु बनाउनुपर्ने हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८२, २२ जेष्ठ बिहीबार  १ : ५६ बजे

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर क्षेत्रमा सुनामीको खतरा

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीपमा आज बिहान

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त, गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आन्तरिक राजनीतिक संकटको

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार नेकपा एमाले बागमती

सफलता प्राप्तिका लागि पाथिभरामाताको दर्शन गर्नुहोस्: विश्वास, श्रद्धा र प्रेरणाको स्रोत

काठमाडौं । नेपालका शक्तिपीठहरूमध्ये अत्यन्तै श्रद्धा र आस्थाको केन्द्र बनेको