२०८२, ६ चैत्र शनिबार

साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह

साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह


काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक रहेको बताएका छन् ।

विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्याली कार्यक्रममा बोल्दै उनले मोटरसाईकल र  गाडिहरुको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दुषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदाजनक भएको बताएका हुन् ।

‘साइकलको महत्वलाई हामी सबैले बुझ्न जरुरी छ । यो र्याली वर्षको एकचोटि मात्रै गरेर हुँदैन । अनवरतरुपमा लागिरहनुपर्छ । साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक छ । साइकल यात्रा गर्दा हरेक कुरामा फाइदा छ । मोटरसाइकल र  गाडिहरुको यात्रा गर्दा धुवाँ धुलोले वातावरणलाई चाँही दुषित गरिरहेको छ ।’

साथै उनले साइकल लेन हुनुपर्छ भन्ने यात्रुहरुको गुनासोलाई सहरी विकास मन्त्रालयले ध्यान दिने पनि बताए । उनले यस्ता साइकल र्यालीहरुले स्थानीय बासिन्दाहरुको लागि सचेतना फैलाउने एउटा माध्यम समेत हुने गरेको बताए ।

उनले भने, ‘साइकल लेन हुनुपर्छ भन्ने धेरै यात्रीहरुको गुनासो छ । त्यसलाई सहरी विकास मन्त्रालयले ध्यान दिने छ  । काठमाडौं उपत्यकामा धेरै धुवाँ धुलोले गर्दा फोक्सोको रोगीहरु बढिरहेका छन् । यसरी रोकथाम गर्नको लागि जुन र्यालीको अभियान चलाउनुभयो यो अभियानले स्थानीय बासिन्दाहरुको लागि सचेतना फैलाउने एउटा माध्यम पनि हो ।’

प्रकाशित मिति : २०८२, १७ जेष्ठ शनिबार  ६ : ०७ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३