२०८२, १५ कार्तिक शुक्रबार

राजतन्त्रमा विकास र सुशासन भएन त्यसैले गणतन्त्र आएको हो : ओली

राजतन्त्रमा विकास र सुशासन भएन त्यसैले गणतन्त्र आएको हो : ओली


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको शनिबार उदघाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरेका हुन् ।

‘निरङ्कुश हुकुमी शासनकालमा यस्ता संघ–संगठन खुल्ने स्थिति थिएनन् । अहिले तपाईँहरु पेसागत र व्यवसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने,‘यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौँ । राजतन्त्र पक्षधरहरुले विरोध प्रदर्शन गरे । उनीहरुलाई जनमत संग्रह भएको लाग्यो रे । तर पहिलो दिन दान पैसा दिएर केही मान्छे ल्याइए । दोस्रो र तेस्रो दिन मान्छेहरु घट्दै गए । मेरो नातिले जिस्किएर म डाइनोसर भएँ भन्दै हा गरेर डर लागेन ? भनेर खेलेको याद आयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ, अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ । अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो । अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज । घोडाले लात्ताले हान्न सक्छ, होस् गर ।’

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे ।

उनले भने, ‘दरबार हत्याकाण्डपछि कुशको बाहुनजस्तो नक्कली राजतन्त्र आयो । त्यसले झन निरकुङ्शता लाध्यो। जनताको अधिकार खोज्यो । विकास गरेन । देश लुटेर, संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्यो । अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो । यस्ताहरुले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोजिँदैछ । यस्ता कुराहरुसँग हामी सचेत हुनुपर्छ । यो जनताको सामाजिक उत्तरदायित्व हो । आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्छ । प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेछौँ तर प्रतिगमन अब सम्भव छैन ।’

विरामी भएमा उपचार गर्ने त छँदैछ, त्यो भन्दा पहिला विरामी हुन नदिन लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सस्तो र सजिलोसँग कसरी राम्रो उपचार दिन सकिन्छ भन्ने भावना बोक्न आग्रह गरे ।

प्रकाशित मिति : २०८२, १८ जेष्ठ शनिबार  ५ : ५५ बजे

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश

काठमाडौं महानगरपालिकाको आग्रह : फोहोर घर बाहिर ननिकाल्नू

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिएपछि काठमाडौं महानगरपालिकाले

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित

फोहोर विसर्जन अवरोध समाधानका लागि सहरी विकास मन्त्रालयमा छलफल

काठमाडौं । बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाइएपछि समस्या समाधानका लागि

रेशम चौधरीको पार्टीले अघि सार्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा

काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले