२०८२, १३ असार शुक्रबार

न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै


काठमाडौं । न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणका निम्ति बुधबार नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी आज नेपाल आउन लागेका हुन् ।

आज र भोलि जेठ १४ र १५ गते उनी नेपालको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

प्रकाशित मिति : २०८२, १४ जेष्ठ बुधबार  १२ : ३८ बजे

काँग्रेसले सानेपामा १३ करोडमा तीन तले घर खरिद गर्ने

काठमाडौं । नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित

परराष्ट्र मन्त्री आरजु राणा रोम जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार इटलीको राजधानी रोम

हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही

भारतमा उद्धारपछि फर्केका नेपाली भन्छन् : ‘सयौं नेपाली भारतमा फसिरहेका छन्’

महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित काशिपुरलगायत विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका