२०८२, २५ फाल्गुन मंगलबार

एमालेको युवा संघ हाँक्ने क्षितिजको यस्तो छ पदाधिकारी टीम ?

एमालेको युवा संघ हाँक्ने क्षितिजको यस्तो छ पदाधिकारी टीम ?


पाेखरा: नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पदाधिकारीमा एकजना बाहेक सबै क्षितिज थेबे प्यानल निर्वाचित भएका छन् । अध्यक्षमा थेबेले ७९६ मतका साथ बिजय हासिल गर्दा सुमन पुरीले ६०८ मत पाएका छन् । थेवे अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्षमा पनि थेबे प्यानलबाट महाराज गुरुङ र विनय शाह निर्वाचित भए । गुरुङले ८९५ र शाहले ७७३ मत पाए । पधिकारीमध्ये सर्वाधिक मत उपाध्यक्ष महाराज गुरुङले पाएका छन् ।

पुरी प्यानलका पर्वत भण्डारीले ६०३ र प्रकाश गौतमले ५३७ मत ल्याउँदै पराजित भए । महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ र उपमहासचिवमा उपेन्द्र शाही ८१५ मत ल्याउदै निर्वाचित भए । पुरी प्यानलका महासचिव कुबेर अधिकारीले ६४९ र उपमहासचिव खेमराज शर्माले ५८९ मत ल्याएर पराजित भए ।खुला सचिवमा अरुण बहादुर कुवरले ६४८ र मदन भण्डारी ७९४ मतसहित निर्वाचित भए । अरुण पुरी प्यानलबाट निर्वाचित हुने एकमात्र पदाधिकारी हुन् । पराजित भएका देव बस्नेतले ४८१, ध्रुव खड्का ४३७ र वकिलबहादुर बमले ४४८ मत ल्याए ।

सचिव (मधेशी) तर्फ थेबे प्यानलका मोबिल अख्तर आलम र सचिव (महिला) तर्फ निशा लिम्बू सुब्बा निर्वाचित भए । आलमले ७४३ र सुब्बाले ६४६ मत पाए । सचिव (मधेशी) तर्फ प्रत्यासी चितरन्जन यादवले ४८० र सचिव (महिला) तर्फका प्रत्यासी रेशु तामाङले ६१४ मत प्राप्त गरे।

पदाधिकारीमा सर्वाधिक कम मतान्तर महिला सचिव निशा लिम्बु र रेशु तामाङबीच भयो । रेशु निशासँग ३२ मतले स्तब्ध भइन् ।

प्रकाशित मिति : २०८२, १४ जेष्ठ बुधबार  ७ : ४६ बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने