२०८२, ७ माघ बुधबार

गणतन्त्र विरुद्ध आक्रमण हुँदा एमाले मुक दर्शक बनेर बस्दैन : राजेन्द्र गौतम

गणतन्त्र विरुद्ध आक्रमण हुँदा एमाले मुक दर्शक बनेर बस्दैन : राजेन्द्र गौतम


काठमाडौं । जेठ १५ गते नेकपा एमालेले आयोजना गरेको वृह्त्त जनप्रदर्शनको तयारी प्रेस चौतारी नेपालले भव्य रुपमा गरिरहेको छ ।
चौतारीले आज केन्द्रीय कार्यालयमा आयोजना गरेको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमले गणतन्त्रमा माथी आक्रमण भइरहेका बेला कसैले पनि मौनता साँधेर बस्नु नहुने बताउनुभएको छ । ‘ अरु पार्टी र संगठन के गर्दछन् त्यो उहाँहरुको नीति र निष्ठाको विषय हो’ गौतमले भन्नुभयो ‘नेकपा एमाले गणतन्त्र विरोधीलाई निस्तेज पार्न र गणतन्त्रको पक्षमा माहोल बनाउन सधैं अग्रपंक्तीमा हुनेछ । ’ गौतमले जेठ १५ गतेको कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि प्रेस चौतारीले प्रचारप्रसारको कामलाई तिव्रता दिन गौतमले निर्देशन दिनुभयो । उहाँले सबै प्रकारका सञ्चर माध्यम र सामाजिक सञ्जाललाई समेत कार्यक्रमका पक्षमा माहोल बनाउन केन्द्रित गर्न उहाँले निर्देशन दिनुभएको छ ।

अध्यक्ष गणेश पाण्डेले उपत्यकामा रहेका सबै कमिटीलाई निश्चित संख्याका नेता कार्यकर्ता सहित कार्यक्रममा सहभागी हुन निर्देशन दिनुभएको छ । उहाँले प्रेस चौतारीले आजैबाट आम सञ्चर माध्यम र सामाजिक सञ्जाल मार्फत कार्यक्रमको व्यापक प्रचार गर्नुपर्ने बताउनुभयो ।

‘हिजोबाटै पार्टीका कमिटी र जनसंगठनहरु भेलाको तयारीमा जुटेका छन् । यी विषयहरुलाई समाचारको माध्यमबाट व्यापक रुपमा प्रचार गरौं’ पाण्डेले भन्नुभयो ‘पार्टीका अभियानमा चौतारी आम सञ्चार माध्यम मार्फत शसक्तरुपमा उपस्थित हुनु पर्दछ । ’

प्रकाशित मिति : २०८२, १३ जेष्ठ मंगलबार  २ : ३४ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित