२०८२, १८ चैत्र बिहीबार

विद्या भण्डारीलाई चिनियाँ नेताको सुझाव : कम्युनिष्ट एकताको नेतृत्व गर्नुस्

विद्या भण्डारीलाई चिनियाँ नेताको सुझाव : कम्युनिष्ट एकताको नेतृत्व गर्नुस्


बेइजिङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा बेइजिङमा आयोजित “छिमेकी देशहरूसँग साझा भविष्य निर्माण राजनीतिक दलहरूको भूमिका” विषयक संवाद सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले विश्वमा भइरहेको तीव्र परिवर्तन र जटिलताका बीच साझा भविष्य निर्माणका लागि राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको वर्तमान यात्रा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्तिपूर्ण सामाजिक रूपान्तरण र आर्थिक समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो।

पूर्वराष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, र आपसी विश्वासमा आधारित रहेको बताउनुभयो। उहाँले यस सम्बन्धलाई ‘राजनीतिक, आर्थिक र कूटनीतिक आयाममा मात्र सीमित नभई भावनात्मक निकटता र आपसी सहयोगको गहिरो परम्पराले जोडिएको उल्लेख गर्नुभयो । आर्थिक सहकार्य र साझा समृद्धिको आधारमा दुई देशबीचको मित्रता थप बलियो र विश्वसनीय बन्दै गएको उहाँको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्तले समाजवाद निर्माणका लागि मौलिक अवधारणा प्रस्तुत गरेको स्मरण गर्नुभयो।

नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नै विशिष्ट परिस्थितिमा सामाजिक आर्थिक रूपान्तरणको मार्ग अवलम्बन गर्दै आएको उहाँले बताउनुभयो। नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा गठित वर्तमान सरकार ‘ समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने साझा राष्ट्रिय अभियानमा अग्रसर भइरहेको जानकारी गराउनुभयो।
उहाँले छिमेकी देशहरूबारे शान्तिपूर्ण, सुरक्षित, समृद्ध, सुन्दर र मैत्रीपूर्ण घर निर्माण गर्ने साझा दृष्टिकोण प्रस्तुत गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिनुभयो।

उहाँले राष्ट्रपति सी चिनफिङले ‘जब एसिया हाम्रो हुन्छ, सम्पूर्ण विश्वलाई फाइदा हुन्छ’ भन्दै सधैँ जोड दिँदै आउनुभएको स्मरण गराउनुभयो। यो अभिव्यक्तिले छिमेकी राष्ट्रहरूसँग साझा भविष्य भएको समुदाय निर्माण गर्ने चीनको दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने उहाँको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले एसियाली मुलुकहरूबिचको सहकार्य एक राम्रो सुरुवात भएको र यसले एसियाको पुनर्जागरणलाई उजागर गरेको विश्वास व्यक्त गर्नुभयो। उहाँले यस संवाद कार्यक्रमलाई केवल एक बैठक मात्र नभई भविष्य निर्माण प्रक्रियाको महत्त्वपूर्ण कडी भएको बताउँदै यस्ता संवाद विषयगत र नियमित बनुन् भन्ने चाहना व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८२, १२ जेष्ठ सोमबार  ६ : ०६ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर