२०८२, १६ पुस बुधबार

बुद्धका मार्गदर्शनले विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् : प्रधानमन्त्री ओली

बुद्धका मार्गदर्शनले विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार रहेको बताएका छन् । सोमबार २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भनि शुभकामना दिएका हुन् ।

‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बुद्ध जयन्तीले हामीलाई उनको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउने उल्लेख गरेका छन् ।

ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गरेका छन । उनले थप लेखेका छन्,‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्। सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्।’

प्रकाशित मिति : २०८२, २९ बैशाख सोमबार  ४ : ०१ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो