२०८२, २ फाल्गुन शनिबार

प्रचण्ड अभिव्यक्तिको जवाफ दिँदै शंकर पोखरेलले पेश गर्नुभयो-सरकारका १२ उपलब्धि

प्रचण्ड अभिव्यक्तिको जवाफ दिँदै शंकर पोखरेलले पेश गर्नुभयो-सरकारका १२ उपलब्धि


काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा सत्ता नहुँदाको पीडा र छटपटी बढेको भन्दै सरकारका उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । प्रचण्डले ‘सरकार डरले रुझेको बिरालो जस्तै बनेको’ भन्दै दिएको अभिव्यक्तिको जवाफ दिँदै उहाँले सरकारका १२ बुँदे उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

‘प्रचण्डजी, के बोल्दै हुनुहुन्छ ?’ भनेर प्रश्न गर्दै उनले आर्थिक, पूर्वाधार, कानूनी सुधारदेखि सरकारको स्थायित्वसम्मका विषय उठाउँदै, ओली सरकारको कार्यकालमा ‘उल्लेख्य प्रगति’ भएको दाबी गर्नुभएको हो ।

पोखरेलको नजरमा ओली सरकारका उपलब्धि

राजश्वमा उल्लेख्य वृद्धि भएको छ ।

विदेशी मुद्राको सञ्चिति बढेको छ ।

सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ ।

निर्माण व्यावसायीलाई काम बापतको भुक्तानी प्रदान गरिएको छ ।

निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको छ । जस्तो पोखरा-मुग्लिङ सडक, गैँडाकोट-बुटवल सडक आदी ।

भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ ।

बैङ्कको तरलता वृद्धि भएको छ । ब्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ ।

कानून निर्माणको कामले तीव्रता पाएको छ ।

कानूनी सुधारको प्रक्रियाबाट लगानी योग्य वातावरण तयार भएको छ ।

क़ानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।

भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको छ ।

सरकारको स्थायित्वको आधार तयार भएको छ ।

प्रकाशित मिति : २०८२, २८ बैशाख आईतबार  १० : ३५ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड