२०८२, १६ पुस बुधबार

प्रचण्ड अभिव्यक्तिको जवाफ दिँदै शंकर पोखरेलले पेश गर्नुभयो-सरकारका १२ उपलब्धि

प्रचण्ड अभिव्यक्तिको जवाफ दिँदै शंकर पोखरेलले पेश गर्नुभयो-सरकारका १२ उपलब्धि


काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा सत्ता नहुँदाको पीडा र छटपटी बढेको भन्दै सरकारका उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । प्रचण्डले ‘सरकार डरले रुझेको बिरालो जस्तै बनेको’ भन्दै दिएको अभिव्यक्तिको जवाफ दिँदै उहाँले सरकारका १२ बुँदे उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

‘प्रचण्डजी, के बोल्दै हुनुहुन्छ ?’ भनेर प्रश्न गर्दै उनले आर्थिक, पूर्वाधार, कानूनी सुधारदेखि सरकारको स्थायित्वसम्मका विषय उठाउँदै, ओली सरकारको कार्यकालमा ‘उल्लेख्य प्रगति’ भएको दाबी गर्नुभएको हो ।

पोखरेलको नजरमा ओली सरकारका उपलब्धि

राजश्वमा उल्लेख्य वृद्धि भएको छ ।

विदेशी मुद्राको सञ्चिति बढेको छ ।

सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ ।

निर्माण व्यावसायीलाई काम बापतको भुक्तानी प्रदान गरिएको छ ।

निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको छ । जस्तो पोखरा-मुग्लिङ सडक, गैँडाकोट-बुटवल सडक आदी ।

भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ ।

बैङ्कको तरलता वृद्धि भएको छ । ब्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ ।

कानून निर्माणको कामले तीव्रता पाएको छ ।

कानूनी सुधारको प्रक्रियाबाट लगानी योग्य वातावरण तयार भएको छ ।

क़ानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।

भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको छ ।

सरकारको स्थायित्वको आधार तयार भएको छ ।

प्रकाशित मिति : २०८२, २८ बैशाख आईतबार  १० : ३५ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो