२०८२, ४ माघ आईतबार

कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय

कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय


विराटनगर । कोशी प्रदेश सरकारले आगामी जेठ ४ गते दिउँसो २ बजेबाट प्रदेश सभाको सातौँ (वर्खे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिएका हुन् ।

बैठकले अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । जसकम स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीबारे प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय भएको छ ।यसैगरी, सुनसरी जिल्लाको कोशी गाउँपालिकाको केन्द्र स्थान हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

त्यस्तै, ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । प्रदेश सरकारले हालै सम्पन्न प्रदेश लगानी सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान पु¥याउने सबैलाई धन्यवाद दिने प्रस्ताव पनि पारित गरेको छ । वैशाख १८ र १९ गते सम्पन्न सम्मेलनलाई भव्य बनाउने सम्पूर्ण पक्षप्रति प्रदेश सरकार कृतज्ञ रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  ३ : ०० बजे

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ