२०८२, २५ फाल्गुन मंगलबार

बद्री केसी नेतृत्वको एनआरएनए नै वैध : एमाले

बद्री केसी नेतृत्वको एनआरएनए नै वैध : एमाले

एनआरएनएबारे सर्वोच्चमा विचाराधीन छन्


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद ठाकुर गैरेले बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) वैध भएको फैसला गरिसकेको अवस्थामा नयाँ महाधिवेशन गरेर एनआरएनए विभाजित गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘एनआरएनए विभाजित गरेको समाचारले संसारभरी छरिएका नेपालीलाई निराश तुल्याएको छ,’ आज ९बुधबार० को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘उहाँहरुले चिन्तित हुनुहुुन्छ। ११ औं महाधिवशेनबाट बद्री केसीको नेतृत्वमा एनआरएनए चलिराखेको थियो । त्यसले आफ्नो भूमिका निर्वाह गरिराखेको थियो। त्यो निर्वाचनपछि केही विवादहरु भए । त्यसबारे सर्वोच्चले केही फैसलाहरु गर्‍यो । सर्वोच्चको पूर्णपाठले बद्री केसी नेतृत्वको एनआरएनए वैध हो भन्ने कुरा पनि सुनिश्चित गर्‍यो।’

यसबारे सर्वोच्चले केही फैसला गर्न नै बाँकी रहेको भन्दै गैरेले सरकारले सर्वोच्चले फैसला गरे अनुसारै बद्री केसी नेतृत्वको एनआरएनएलाई अगाडि बढाउनुपर्नेमा त्यसो नभएको उल्लेख गरे। ‘अहिले पनि एनआरएनएबारे केही विषय सर्वोच्चमा विचाराधीन छन्,’ उनले भने, ‘सर्वोच्चको बाँकी फैसला पनि नआउँदै एनआरएनएको अर्को निर्वाचनको माध्यमबाट नयाँ समिति निर्वाचित बनेर एनआरएनए विभाजित भएको समाचार आएको छ ।’

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  २ : ३५ बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने