२०८२, १७ पुस बिहीबार

बद्री केसी नेतृत्वको एनआरएनए नै वैध : एमाले

बद्री केसी नेतृत्वको एनआरएनए नै वैध : एमाले

एनआरएनएबारे सर्वोच्चमा विचाराधीन छन्


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद ठाकुर गैरेले बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) वैध भएको फैसला गरिसकेको अवस्थामा नयाँ महाधिवेशन गरेर एनआरएनए विभाजित गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘एनआरएनए विभाजित गरेको समाचारले संसारभरी छरिएका नेपालीलाई निराश तुल्याएको छ,’ आज ९बुधबार० को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘उहाँहरुले चिन्तित हुनुहुुन्छ। ११ औं महाधिवशेनबाट बद्री केसीको नेतृत्वमा एनआरएनए चलिराखेको थियो । त्यसले आफ्नो भूमिका निर्वाह गरिराखेको थियो। त्यो निर्वाचनपछि केही विवादहरु भए । त्यसबारे सर्वोच्चले केही फैसलाहरु गर्‍यो । सर्वोच्चको पूर्णपाठले बद्री केसी नेतृत्वको एनआरएनए वैध हो भन्ने कुरा पनि सुनिश्चित गर्‍यो।’

यसबारे सर्वोच्चले केही फैसला गर्न नै बाँकी रहेको भन्दै गैरेले सरकारले सर्वोच्चले फैसला गरे अनुसारै बद्री केसी नेतृत्वको एनआरएनएलाई अगाडि बढाउनुपर्नेमा त्यसो नभएको उल्लेख गरे। ‘अहिले पनि एनआरएनएबारे केही विषय सर्वोच्चमा विचाराधीन छन्,’ उनले भने, ‘सर्वोच्चको बाँकी फैसला पनि नआउँदै एनआरएनएको अर्को निर्वाचनको माध्यमबाट नयाँ समिति निर्वाचित बनेर एनआरएनए विभाजित भएको समाचार आएको छ ।’

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  २ : ३५ बजे

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास