२०८२, २९ चैत्र सोमबार

१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी


काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार १० वटा निर्माण कम्पनीलाई काली सूचीमा राख्नु नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो । जिम्मा लिएका विभिन्न आयोजनाका काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको हो ।

सार्वजनिक खरिद ऐन, २०६४ को दफा ६३ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ यो सूचना प्रशाशित गरिएको कार्यालयले जनाएको छ ।

यस्तो छ कालोसूचीमा राख्ने प्रयोजनाका लागि स्पष्टीकरण सोधिएका १० निर्माण  कम्पनीहरुको विवरण

१. पूर्वाधार विकास कार्यालय ओखलढुङ्गा, कोशी प्रदेश

२. सडक डिभिजन सुब्बाकुना, सुर्खेत

३. सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहट

४. थाहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय इन्द्रायणी चौर, मकवानपुर

५. सिँचाइ तथा जलस्रोत । व्यवस्थापन आयोजना कास्की पोखरा, कास्की

६. पूर्वाधार विकास कार्यालय ओखलढुंगा, कोशी प्रदेश

७. सभ्यता एकीकृत विकास समिति, गुहेश्वरी, काठमाडौँ ।

८. सुवर्ण गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय कवहीगोठ, बारा

९. सरावल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सरावल ३. नवलपरासी ।१०. राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्एन्टि भेनम उत्पादन तथा अनुसन्धान

प्रकाशित मिति : २०८२, २२ बैशाख सोमबार  १० : ०४ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४