२०८२, १७ पुस बिहीबार

एमाले महासचिव पोखरेल शिक्षकहरूलाई भन्नुहुन्छ- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔं

एमाले महासचिव पोखरेल शिक्षकहरूलाई भन्नुहुन्छ- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔं

सर्वोच्च अदालतले दिएको आदेश तपाईहरुलाई पनि हो


काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनको सन्दर्भमा सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएको बताउनुभएको छ ।

हिजो सर्वोच्च अदालतले तीन दिन भित्र विद्यालय सञ्चालन गर्नु भनी दिएको आदेश सरकारलाई दिएको भए पनि यसका पात्र शिक्षकहरू नै भएको पोखरेलको भनाइ छ । ‘उक्त आदेश पछि सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नु पर्ने बाध्यता उत्पन्न भएको छ, उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु हो, सबै पक्ष जिम्मेवार बनौँ’, उहाँको भनाइ छ ।

आदेश सरकारका लागि भए पनि चिन्ता भने विद्यालय बन्द भएको कुरा प्रति र परीक्षा रोकिएको कुरा प्रति भएको उहाँको धारणा छ । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर शिक्षकहरू झण्डै एक महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

अदालतको आदेश सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्दछौँ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा पनि भएको बताउनुभएको छ । ‘अब हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गरौँ’, उहाँले अगाडि भन्नुभयो ।

प्रकाशित मिति : २०८२, १२ बैशाख शुक्रबार  ११ : २५ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो