२०८२, ३ फाल्गुन आईतबार

आज अर्थसहित पाँचवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज अर्थसहित पाँचवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौं । सङ्घीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक आज एकैदिन बस्ने भएको छ । बुधवार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल गरिनेछ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कार्यक्रम बिहान ११ बजे संहदरबारमा बस्ने भएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी आज विधायन व्यवस्थापन समितिको ६४ औँ बैठक मध्यान्ह  १२ बजे बस्दैछ । सिंहदरवारमा बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिनको २ बजे सिंहदरवारमा बस्दैछ । बैठकमा समितिको आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ । यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा नेपाल सरकारले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२÷०८३  को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल गरिने छ ।

प्रकाशित मिति : २०८२, १० बैशाख बुधबार  ९ : २८ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड