२०८२, १५ पुस मंगलबार

कृषा चौलागाईँले नयाँ वर्ष २०८२ को उपहार ‘पिताम्बर’

कृषा चौलागाईँले नयाँ वर्ष २०८२ को उपहार ‘पिताम्बर’

‘पिताम्बर’टोली उत्साहित, कृषा भन्छिन् : सबै पीडा भुल्यौं


काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली एक्सन फिल्म ‘पिताम्बर’ले हलहरुमा राम्रो शो पाइरहेको छ ।
आइतबार काठमाडौंमा आयोजना गरिएको प्रेस शोपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा निर्देशक कृषा चौलागाईँले नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ ले दर्शकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको जानकारी दिइन् ।
उनले शुक्रबारदेखि नै धेरै सन्देशरु आइरहेको, हल भिजिटमा जाँदा उत्तिकै माया पाइराखेको कारण सुटिङको दौडानमा परेका अप्ठ्याराहरु नै भूलेको बताइन् ।


उनले भनिन्,‘सिनेमाले राम्रो प्रतिक्रिया पाउँछ । दर्शकले माया गर्नुहुन्छ भनेर विश्वास थियो, त्यही भइरहेको छ । धेरै तनाब पनि लिएको छैन् । शुक्रबारदेखि नै सकरात्मक सन्देशरु पाइरहेका छौं । हल भिजिटमा जाँदा उत्तिकै माया पाइराखेको छौं । जसले गर्दा सुटिङको दौडानमा परेको कठिनाइहरु विर्सेको छु ।’ त्यस्तै नायक प्रदीप खड्काले आफ्नो फिल्म करियरकै सबैभन्दा राम्रो फिल्म ‘पिताम्बर’ भन्ने दर्शकहरुको प्रतिक्रिया आइरहेको सुनाए ।
उनले भने,‘फिल्मले धेरैलाई तान्छ । मेरो ११ वर्षको करियरमा सबैभन्दा राम्रो फिल्म बनेको रहेछ भनेर प्रतिक्रिया दिनुभएको छ ।’
त्यस्तै अभिनेत्री दिव्या रायमाझीले आफू कहिल्यै पनि एक्सन फिल्म हेर्न मन नपराउने भनेपनि पिताम्बर हेरेर आफू फ्यान भएको बताइन् ।उनले भनिन्,‘म कहिल्यै पनि एक्सन मूमी नहेर्ने मान्छे हुँ । तर पिताम्बरको फ्यान हुन पुगें । प्रदीप खड्काजीले पहिले यस्तो एकसन मूभी गर्नुभएको थिएन । धेरै राम्रो चलचित्र बनेको छ ।’

प्रकाशित मिति : २०८१, ३० चैत्र आईतबार  ५ : ३८ बजे

आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रको जरो एउटै हुन सक्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले समसामयिक राजनीतिक

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन