२०८२, ३० असार सोमबार

रेडियो नेपाल कुनै पार्टी, व्यक्तिको नभैइ तीन करोड नेपालीको  हो : मन्त्री गुरूङ

रेडियो नेपाल कुनै पार्टी, व्यक्तिको नभैइ तीन करोड नेपालीको  हो : मन्त्री गुरूङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभैइ ३ करोड नेपालीको  भएको बताएका छन् ।

बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले रेडियो नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको  माया पाउने भएकाले यो  सबै  नेपालीको भएको बताएका हुन् । उनले भने, ‘यो  रेडियो नेपाल ३ करोड नेपालीको  हो । यो  कुनै व्यक्ति, पार्टीको, सरकारको होइन । सत्य तथ्य जानकारी जनताका बिचमा सम्प्रेषण गर्ने कुरामा रेडियो  नेपालको ठूलो  भूमिका छ । रेडियो  नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको  माया पाउने छ । नेपालको  समृद्धिको  लागि, नेपालको  बेथिती अन्त्य गर्नको लागि र जनताको सूचनाको हकलाई प्रत्याभूत गर्ने कुरा र जनताको अभिव्यक्ति स्वतन्त्रता र जनताको गोपनियतालाई कायम राखेर चाँही यसले  आफ्नो अभियानहरु सुरु गर्नुपर्छ । संसारभरी रहेका नेपालीहरुको लागि पनि यो रेडियो नेपाल हो ।’

साथै उनले रेडियो नेपालले आफ्नो स्वायित्त भएर आफ्नो नीति कार्यक्रमहरु अगाडि सारेर अगाडि बढ्नुपर्ने बताए । उनले विगतको ईतिहास  हेर्ने हो भने सत्ताको पञ्जाभित्र परेर अधिनायकवादी आउँदाखेरि अधिनायकवादीकै  गान गाउँने, लोकतन्त्र आउँदोखरि लोकतन्त्रकै गुणगान गाउँने खालको जुन भूमिका रेडियो नेपालको थियो आज त्यो  सम्पूर्ण रुपमा परिवर्तन भएको बताए ।

उनले भने, ‘देश र जनताप्रति उत्तरदायी बनेर काम गर्ने लक्ष्य रेडियो नेपालको  छ । देश र जनताको समृद्धि सुखको लागि अधिनायकवादी हुनु हुँदैन । लोकतन्त्र  फस्टिनुपर्छ । गणतन्त्रले आफ्नो  प्रभावकारीता सन्देश दिन सक्नुपर्छ । अब लोकतन्त्र गणतन्त्रको सारथी भएर देश र जनताको  हितको लागि रेडियो  नेपालले आफ्नो कार्यक्रमहरु अगाडि सार्ने छ भन्नेमा हामी विश्वसत छौं ।  विगतको ईतिहास  हेर्ने हो भने सत्ताको पञ्जाभित्र परेर अधिनायकवादी आउँदाखेरि अधिनायकवादीकै  गान गाउँने, लोकतन्त्र आउँदोखरि लोकतन्त्रकै गुणगान गाउँने खालको जुन भूमिका थियो आज त्यो  सम्पूर्ण रुपमा परिवर्तन भएको छ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले कुनै सरकारको, कुनै  नेताको, कुनै  मन्त्रीको मात्रै दाबेदारी कदापी गर्नु हुन्न । रेडियो  नेपालले  आफ्नो  स्वायित्त भएर आफ्नो नीति कार्यक्रमहरु अगाडि सारेर अगाडि लाग्नुपर्ने छ ।’

प्रकाशित मिति : २०८१, १९ चैत्र बुधबार  १ : ४० बजे

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, योग्यता छानबिनका लागि समिति गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल