२०८३, ६ असार आईतबार

रेडियो नेपाल कुनै पार्टी, व्यक्तिको नभैइ तीन करोड नेपालीको  हो : मन्त्री गुरूङ

रेडियो नेपाल कुनै पार्टी, व्यक्तिको नभैइ तीन करोड नेपालीको  हो : मन्त्री गुरूङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभैइ ३ करोड नेपालीको  भएको बताएका छन् ।

बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले रेडियो नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको  माया पाउने भएकाले यो  सबै  नेपालीको भएको बताएका हुन् । उनले भने, ‘यो  रेडियो नेपाल ३ करोड नेपालीको  हो । यो  कुनै व्यक्ति, पार्टीको, सरकारको होइन । सत्य तथ्य जानकारी जनताका बिचमा सम्प्रेषण गर्ने कुरामा रेडियो  नेपालको ठूलो  भूमिका छ । रेडियो  नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको  माया पाउने छ । नेपालको  समृद्धिको  लागि, नेपालको  बेथिती अन्त्य गर्नको लागि र जनताको सूचनाको हकलाई प्रत्याभूत गर्ने कुरा र जनताको अभिव्यक्ति स्वतन्त्रता र जनताको गोपनियतालाई कायम राखेर चाँही यसले  आफ्नो अभियानहरु सुरु गर्नुपर्छ । संसारभरी रहेका नेपालीहरुको लागि पनि यो रेडियो नेपाल हो ।’

साथै उनले रेडियो नेपालले आफ्नो स्वायित्त भएर आफ्नो नीति कार्यक्रमहरु अगाडि सारेर अगाडि बढ्नुपर्ने बताए । उनले विगतको ईतिहास  हेर्ने हो भने सत्ताको पञ्जाभित्र परेर अधिनायकवादी आउँदाखेरि अधिनायकवादीकै  गान गाउँने, लोकतन्त्र आउँदोखरि लोकतन्त्रकै गुणगान गाउँने खालको जुन भूमिका रेडियो नेपालको थियो आज त्यो  सम्पूर्ण रुपमा परिवर्तन भएको बताए ।

उनले भने, ‘देश र जनताप्रति उत्तरदायी बनेर काम गर्ने लक्ष्य रेडियो नेपालको  छ । देश र जनताको समृद्धि सुखको लागि अधिनायकवादी हुनु हुँदैन । लोकतन्त्र  फस्टिनुपर्छ । गणतन्त्रले आफ्नो  प्रभावकारीता सन्देश दिन सक्नुपर्छ । अब लोकतन्त्र गणतन्त्रको सारथी भएर देश र जनताको  हितको लागि रेडियो  नेपालले आफ्नो कार्यक्रमहरु अगाडि सार्ने छ भन्नेमा हामी विश्वसत छौं ।  विगतको ईतिहास  हेर्ने हो भने सत्ताको पञ्जाभित्र परेर अधिनायकवादी आउँदाखेरि अधिनायकवादीकै  गान गाउँने, लोकतन्त्र आउँदोखरि लोकतन्त्रकै गुणगान गाउँने खालको जुन भूमिका थियो आज त्यो  सम्पूर्ण रुपमा परिवर्तन भएको छ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले कुनै सरकारको, कुनै  नेताको, कुनै  मन्त्रीको मात्रै दाबेदारी कदापी गर्नु हुन्न । रेडियो  नेपालले  आफ्नो  स्वायित्त भएर आफ्नो नीति कार्यक्रमहरु अगाडि सारेर अगाडि लाग्नुपर्ने छ ।’

प्रकाशित मिति : २०८१, १९ चैत्र बुधबार  १ : ४० बजे

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक