२०८३, ५ मंसिर शनिबार

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य


सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन अन्त्य भएको छ ।  सोमबार राती १२ बजेदेखि प्रदेश सभा बैठक सकिएसंगै पाँचौँ अधिवेशन अन्त्य भएको हो ।

प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको पाँचौँ अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए । गत माघ ७ गतेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको थियो । प्रदेश सभा सचिवालयका अनुसार यस अवधिमा प्रदेश सभाका ३१ वटा बैठक बसेका छन् भने जम्मा ३६ घण्टा एक मिनेट २५ सेकेन्ड समय व्यतीत भएको छ ।

पाँचौ अधिवेशनले लामो समयदेखि नेतृत्व विहीन रहेका अर्थ तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र सामाजिक लेखा समितिको नेतृत्व चयन गरेको छ भने सात वटा विधेयक पारित भएका छन् ।

प्रदेश सभा सचिवालयका अनुसार हिउँदे अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश बिउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट पारित भएका छन् ।

प्रकाशित मिति : २०८१, १८ चैत्र मंगलबार  ११ : १९ बजे

रास्वपा सभापति नै जुवाखालबाट पक्राउ

भक्तपुर, मंसिर ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते

भिसा र मास्टरकार्डका ग्राहकको विवरण साइबर आक्रमणकारीको पहुँचमा

क्यानबेरा । विश्वका प्रमुख भुक्तानी सेवा प्रदायक भिसा र मास्टरकार्डका

कर्णालीमा राइड शेयरिङको भाडा तोकिँदै, मनपरी शुल्क असुली रोकिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ