२०८२, ७ माघ बुधबार

एमाले सिन्धुलीले गणतन्त्रको पक्षमा जागरणसभा गर्ने

एमाले सिन्धुलीले गणतन्त्रको पक्षमा जागरणसभा गर्ने


सिन्धुली: मूलुकमा राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ ।
एमाले सिन्धुलीको आज बसेको पदाधिकारी बैठकले मूलुकमा अस्थिरता र अराजकता मच्चाउने राजावादीहरुको गतिविधीलाई परास्त गर्ने उदेश्यले सो जागरणसभाको आयोजना गरिएको एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध गतिविधी बढेपछि सिन्धुलीको तीन स्थानबाट एमालेले जुलुसहरु निकाल्ने कार्यक्रम तय गरेको छ । जस अनुसार माझीटार, लक्ष्मणचोक र धुरावजार शिरानलाई आर्क तोकिएको छ भने त्यसमा नेतृत्व गर्ने केन्द्रीय सदस्य र पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको घिसिङले बताउनुभयो ।
जस अनुसार माझीटार चोकमा एमाले केन्द्रीय सदस्य सुवास देवकोटा, प्रदेश कमिटी सदस्य प्रलाद पोखरेल, डम्बर कार्की, डोरकुमारी कार्की र जिल्ला उपाध्यक्ष घिसिङ, लक्ष्मणचोकमा केन्द्रीय सदस्य गणेश पहाडी, प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल र जिल्ला उपसचिव दिपेश वराल र धुरावजार शिरानमा कमलजंग राई, उमा कोइराला, निरु दर्लामी, प्रदेश कमिटी सदस्यहरु गणेश बुढाथोकी, गोविन्दलाल माझी र उपसचिव पार्वती भट्टराईले आर्कको नेतृत्व गर्ने बताइएको छ ।
नेकपा एमाले सिन्धुलीका इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकले १८ गतेको कार्यक्रमलाई सफल बनाउन जिम्मेवारीसमेत वाडफाँड गरेको घिसिङले बताउनुभयो ।
बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनमा सिन्धुलीका ९ वटै स्थानीय तहमा उपस्थित गराउन कोटासमेत तोकिएको छ । जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ र सचिव नवराज थिङद्धारा जारी निर्देशनमा चैत १७ गते कार्यक्रममा उपस्थित हुने नेता कार्यकर्ताहरुको नाम र ठेगाना उपलव्ध गराउनसमेत भनिएको छ ।
प्रचार विभाग प्रमुख घिसिङले कार्यक्रमलाई व्यबिस्थत ढंगले सञ्चालन गर्न स्वयमंसेवक पनि परिचालन गरिएको जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख वक्ता जिल्ला इज्चार्ज एवम् एमाले केन्द्रीय सदस्य मनोजजंग थापा रहनुहुने बताइएको छ ।

प्रकाशित मिति : २०८१, १४ चैत्र शुक्रबार  ९ : २७ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित