२०८२, १६ पुस बुधबार

राप्रपा आफ्ना सबै गतिविधीहरुलाई आन्दोलन केन्द्रित बनाएर अगाडि बढ्छ : लिङदेन

राप्रपा आफ्ना सबै गतिविधीहरुलाई आन्दोलन केन्द्रित बनाएर अगाडि बढ्छ : लिङदेन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकले पुर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आज हामीले बैठक बोलाउदा नै आन्दोलनसँग केन्द्रित भनेका थियौ । आजको बैठकले पुर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र आउदो १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बसाएर थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ । अब राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्ना सबै गतिविधीहरुलाई आन्दोलन केन्द्रित बनाएर जाने छ ।’

उनले यो आन्दोलनमा समान विचार राख्ने अन्य राजनीतिक दल, समुह, व्यक्तिहरुलाई पनि सहकार्यका लागि आव्हान गरेका छन् ।

प्रकाशित मिति : २०८१, ४ चैत्र मंगलबार  ८ : १२ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो