२०८२, ३ फाल्गुन आईतबार

आजबाट सिन्धुली एमालेको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान सुरू हुँदैछः जिल्ला इन्चार्ज मनोजजंग थापा

आजबाट सिन्धुली एमालेको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान सुरू हुँदैछः जिल्ला इन्चार्ज मनोजजंग थापा


सिन्धुली/नेकपा एमाले सिन्धुलीले आजबाट जिल्लामा ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियानको थालनी गर्ने भएको छ ।
जिल्लाका नौं स्थानीयत तहका ८० वडामा समेत सञ्चालन हुनेगरी अभियानको औपचारिक थालनी गरिने बताइएको छ । एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाका अनुसार नेकपा एमालेको विधानको धारा ७० बमोजिम नियमित बैठक आयोजना गर्ने, कम्तिमा तीन महिनामा जिल्ला कमिटीको दुई र पालिका तथा वडा कमिटीको तीन पटक अनिवार्य रुपमा बैठक राखिने छ ।
अभियानका क्रममा नेकपा एमाले सिन्धुलीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ ।
अभियानका क्रममा सदस्यता नबिकरण र बिस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरु, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासको कामः जेनजिसँग पार्टी अभियान, बैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरुलाई अभियानसँगै जोडेर लगिने छ ।
एमालेका केन्द्रीय सदस्यसमेत रहनु भएका थापाले नेकपा एमालेका विरुद्ध भएको श्रंखलावद्ध साइवर हमलाको प्रतिवाद गर्ने विषेश योजना समेत बनाउने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, २१ माघ सोमबार  ८ : ५२ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड