२०८२, ३ भाद्र बुधबार

विभिन्न निर्णयगर्दै सकियो एमाले कमलामाईको बैठक

विभिन्न निर्णयगर्दै सकियो एमाले कमलामाईको बैठक


सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीको बैठक विभिन्न निर्णयगर्दै सकिएको छ । हिजो मंगलवार आजाद भवनमा भएको बैठकले तोकिएकै समयमा जनसंगठनहरुको अधिवेशन सम्पन्न गर्ने र पार्टी कमिटीलाई सक्रिय बनाउँदै आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउने निर्णय गरेको अध्यक्ष सुन्दर घिसिङले जानकारी दिए ।
उनका अनुसार एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले कमलामाई नगरपालिकामा रहेका जनसंगठनहरुको अधिवेशन समयमैं सम्पन्न गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन, सदस्यता नविकरण र बिस्तार र पार्टीलाई बिधिसम्मत ढंगले सञ्चालनगर्दै कमिटीगत प्रणालीलाई बलियो बनाउने निर्णय गरेको बैठकपछि अध्यक्ष घिसिङले जानकारी दिए । उनले जनसंगठनको नेतृत्वलाई सर्वसम्मत रुपमा सक्षम नेतृत्व छनोट गर्न आग्रहसमेत गरेका छन् ।
बैठकमा वडा कमिटीका अध्यक्षहरुले पार्टी कमिटीको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर इन्चार्ज एवम् वागमती प्रदेश कमिटी सदस्य बिनोदकुमार खड्का, रश्मिला देवकोटा, मञ्जु देवकोटा, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङ, उपसचिव दिपेश बराल, पार्वती भट्टराई देवकोटालगायतले सम्वोधन गर्नुभएको थियो । नेताहरुको सम्वोधनले बैठकमा स्तब्ध बनाएको थियो ।
एमाले सिन्धुलीका ९ पालिका कमिटी मध्ये मरिण गाउँपालिका कमिटीपछि विधिवत रुपमा सांगठानिक गतिविधीगर्दै आएको कमलामाई नगरकमिटी मानिएको छ ।

प्रकाशित मिति : २०८१, १५ माघ मंगलबार  १० : ०७ बजे

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर