२०८२, ३ भाद्र बुधबार

ओली नेतृत्वमा भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछ: महासचिव पोखरेल

ओली नेतृत्वमा भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछ: महासचिव पोखरेल


काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले गरेको नाकाबन्दीलाई जनताको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असफल बनाएपछि अहिले एमालेमाथि प्रहार भइरहेको दाबी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दह्रो अडान लिएर ओलीले भारतीय नाकाबन्दीको सामना गरेको बताए ।

नेपालमा संविधानसभाबाट संविधान बनाउन नदिन अनेक खेल भएको स्मरण गर्दै महासचिव पोखरेलले भने, ‘संविधान बन्न नदिन अनेक प्रपञ्च गरियो । संविधान जारी भएपछि नाकाबन्दी लगाइयो । त्यतिबेला सरकारमा भएका दलहरुले नाकाबन्दी पनि भन्न सकेनन् । सिमानाको अवरोध भन्न थाले, तर ओलीले प्रधानमन्त्री भए पनि यो नाकाबन्दी नै हो भन्नुभयो । जनताको साथमा दह्रो अडान लिएर असफल पार्नुभयो । त्यसैले अहिले हामीमाथि भएको प्रहार नाकाबन्दी असफल बनाउनुको कारणले पनि हो भन्ने बुझ्नुपर्छ ।’

उनले संविधान निर्माणको बेलामा ओलीले नेपालको संविधान नेपालको संविधानसभाले नै बनाउने हो भन्दै समस्या भए नेपालका राजनीतिक दलले समाधान गर्छन् भनेर भारतीय विदेशमन्त्रीलाई भनेको पनि स्मरण गरे ।

प्रकाशित मिति : २०८१, १२ माघ शनिबार  ५ : ३४ बजे

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर