२०८२, ३ फाल्गुन आईतबार

ओली नेतृत्वमा भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछ: महासचिव पोखरेल

ओली नेतृत्वमा भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछ: महासचिव पोखरेल


काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले गरेको नाकाबन्दीलाई जनताको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असफल बनाएपछि अहिले एमालेमाथि प्रहार भइरहेको दाबी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दह्रो अडान लिएर ओलीले भारतीय नाकाबन्दीको सामना गरेको बताए ।

नेपालमा संविधानसभाबाट संविधान बनाउन नदिन अनेक खेल भएको स्मरण गर्दै महासचिव पोखरेलले भने, ‘संविधान बन्न नदिन अनेक प्रपञ्च गरियो । संविधान जारी भएपछि नाकाबन्दी लगाइयो । त्यतिबेला सरकारमा भएका दलहरुले नाकाबन्दी पनि भन्न सकेनन् । सिमानाको अवरोध भन्न थाले, तर ओलीले प्रधानमन्त्री भए पनि यो नाकाबन्दी नै हो भन्नुभयो । जनताको साथमा दह्रो अडान लिएर असफल पार्नुभयो । त्यसैले अहिले हामीमाथि भएको प्रहार नाकाबन्दी असफल बनाउनुको कारणले पनि हो भन्ने बुझ्नुपर्छ ।’

उनले संविधान निर्माणको बेलामा ओलीले नेपालको संविधान नेपालको संविधानसभाले नै बनाउने हो भन्दै समस्या भए नेपालका राजनीतिक दलले समाधान गर्छन् भनेर भारतीय विदेशमन्त्रीलाई भनेको पनि स्मरण गरे ।

प्रकाशित मिति : २०८१, १२ माघ शनिबार  ५ : ३४ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड