२०८२, ८ माघ बिहीबार

सञ्चार क्षेत्रलाई आवश्यकता अनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ’

सञ्चार क्षेत्रलाई आवश्यकता अनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ’


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको आवश्यकता अनुसार संस्थाहरु सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित पूर्वारम्भ कार्यक्रम समापन समारोहमा उनले यो क्षेत्रलाई नयाँपन दिन र मुलुकको आवश्यकता अनुसार संस्थाहरुलाई चलाउनको लागि सञ्चार मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘एकदमै धेरै उठेको कुरा भनेको स्वतन्त्र हुनुपर्छ भन्ने हो । हाम्रो आम सञ्चार, दूरसञ्चार विधेयक पनि आउदैँछ । सबै गरेर यो क्षेत्रलाई अब नयाँपन दिने, जुन खालको शासन प्रणाली स्थापना भएको छ, जुन खालको विज्ञान र प्रविधि विकास भएको छ, मुलुकको आवश्यकता जे छ त्यही अनुसार संस्थाहरुलाई चलाउने हो । त्यो काममा सञ्चार मन्त्रालय प्रतिबद्ध छ । यो काममा सबैको सहयोग आवश्यक हुन्छ ।’

यसको साथै, उनले मुलुकमा अस्थिरता ल्याउने र स्वाभिमान माथि आक्रमण गर्ने प्रयासहरु भईरहेको भन्दै स्वाभिमानको पक्षमा राज्यको स्वामित्व भएको संस्था दरो भएर उभिनु पर्ने बताए ।

उनले भने, ‘अहिले मुलुकमा सामाजिक सद्भाव कायम गर्ने ठूलो चुनौती छ । मुलुकमा अस्थिरता ल्याउने कोशिस भई रहेको छ । हाम्रो स्वाभिमान माथि आक्रमण गर्ने काम भईरहेको छ । स्वाभिमानको पक्षमा दरो भएर उभिनु पर्छ । नाफाको लागि खुलेका संस्थाहरुले त्यो गर्दैन् । यो राज्यको स्वामित्व भएको संस्थाले गर्नुपर्छ ।’

प्रकाशित मिति : २०८१, ४ माघ शुक्रबार  १० : ४६ बजे

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व,

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष