२०८२, २० कार्तिक बुधबार

पर्वतमा ग्यास चुहिएर आगलागी : एक जनाको मृत्यु, दुई जना घाइते

पर्वतमा ग्यास चुहिएर आगलागी : एक जनाको मृत्यु, दुई जना घाइते



काठमाडौ : पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ७३ वर्षीया बृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
सोही आगलागीमा परेर पीपलटारीस्थित तल्लो रोहोटेका घरधनी ५२ वर्षीय ध्रुब रेग्मी र तिला रेग्मी घाइते भएका वार्ड अध्यक्ष रामचन्द्र सुवेदीले जानाकारी दिए।
ग्यास सिलिन्डर परिवर्तन गर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा चिया पिउने दूध लिन रेग्मीको घरमा गएकी ७३ वर्षीया बृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु बताइएको छ।
उक्त आगलागीमा परेर गम्भीर घाइते भएका घरधनी ५२ वर्षीय रेग्मीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१, २२ पुस सोमबार  ८ : १७ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज