२०८२, १८ चैत्र बिहीबार

माओवादीको केन्द्रीय समिति बैठकको तयारी पूरा

माओवादीको केन्द्रीय समिति बैठकको तयारी पूरा


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा केन्द्रीय समितिको बैठकका एजेन्डबारे छलफल भएको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले दिउँसो १ बजे धुम्बाराहीमा बस्ने केन्द्रीय समितिको बैठकलाई व्यवस्थति, प्रभावकारी र र सार्थक उपलब्धीमुलक बनाउने कुरामा छलफल केन्द्रीत रहेको प्रवक्ता अग्नीप्रसाद सापकोटोले जानकारी दिए ।
उनले भने,‘आज दिउँसो १ बजेदेखि धुम्बाराहीमा बस्ने केन्द्रीय समितिको बैठकलाई व्यवस्थति प्रभावकारी र सार्थक उपलब्धीमुलक बनाउने कुरामा छलफल गरेको छ ।’
उनका अनुसार केन्द्रीय समितिको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्दै समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरुले रिर्पोटिङ गर्नेछन् । प्रदेश अध्यक्षको रिर्पोटिङ सकिएपछि प्रचण्डले राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।
उनले भने,‘अध्यक्षले बैठकको उद्घाटन गर्नुहुने छ । उद्घाटनका क्रममा नै उहाँले अहिलेको समसामहिक परिस्थितिबारे ब्रिफिङ गर्नुहुन्छ । त्यसपछि प्रदेशका सबै अध्यक्षहरुले रिर्पोटिङ गर्नुहुने छ । त्यो सकिएपछि अध्यक्षले राजनीतिक प्रस्ताव पेस गर्नुहुने छ ।’

प्रकाशित मिति : २०८१, २१ पुस आईतबार  १ : ४२ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर